अमेरिकी राष्ट्रपतिय निर्वाचनका उम्मेदवारद्वय ट्रम्प र ह्यारिसबिच पहिलो पटक टेलिभिजन बहस

दुबैजनाद्वारा एक अर्कामाथि आरोप प्रत्यारोप

काठमाडौं – आगामी नोभेम्बर महिनामा हुने अमेरिकी राष्ट्रपतिय निर्वाचनका उम्मेदवारद्वय रिपब्लीकन पार्टीका डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीकी कमल ह्यारिसबिच पहिलो पटक टेलिभिजन बहस भएको छ ।

आज बिहान भएको बहसमा दुबैजनाले एक अर्कामाथि आरोप प्रत्यारोप गरेका थिए । अमेरिकी टेलिभिजन च्यानल एबीसी न्यूजमा प्रत्यक्ष प्रसारण गरिएको सो कार्यक्रममा अर्थतन्त्र, परराष्ट्र नीति, गर्भपतनको अधिकार, आप्रवासीको मुद्दाका विषयमा दुबै उम्मेदवारहरुले आ-आफ्नो धारणा राखेका थिए ।

यसैगरि इजरेल हमास र रसिया युक्रेन युद्धका बारेमा समेत दुबै पक्षले आफ्नो तर्क प्रस्तुत गरेका थिए । करिब ९० मिनेट सम्म चलेको बहसपछि पार्टीका समर्थक तथा नेताहरुले आ-आफ्नो उम्मेदवार सफल भएको प्रतिक्रिया दिएका छन् ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.