सम्बन्ध विच्छेद गर्छु भन्दा श्रीमतीको हत्या

कास्की- सम्बन्ध विच्छेदको मुद्धालाई लिएर बुधबार कास्कीमा एक जना महिलाको हत्या भएको छ ।

जिल्लाको अन्नपूर्ण गाउँपालिका-१, कुँवर गाउँ निवासी ४२ वर्षे जहरसिंह कुँवरले श्रीमती ४० वर्षे राधिका कुँवरको खुकुरी प्रहार गरी हत्या गरेका हुन् । उनीहरु हाल पोखरा महानगरपालिका ८ मा बस्दथे ।

राधिकाको घाँटी र पेटमा चोट लागेको छ । उनीहरुबीच जिल्ला अदालत कास्कीका सम्बन्ध विच्छेदको प्रक्रिया पनि अगाडि बढिरहेको थियो ।

जहरसिंह यतिवेला प्रहरी नियन्त्रणमा छन् भने राधिकाको शव पश्चिमाञ्चल क्षत्रीय अस्पताल पोखरामा राखिएको कास्की प्रहरीले जानकारी दिएको छ । उनीहरुका एक नाबालक छोरा छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.