लाइसेन्सको रसिदमै क्यूआर कोड र फोटो राख्ने तयारी

मकवानपुर- बागमती प्रदेश सरकारले अब सवारी चालक अनुमतिपत्र लाइसेन्सको छपाइ नहुँदासम्म कर तिरेको रसिदमै क्यूआर कोड र फोटो राख्ने भएका छ ।

गत २० साउनमा सबै प्रदेशका यातायात मन्त्रीहरू सहभागी बैठकले लाइसेन्स छपाइमा भएको ढिलाइलाई ध्यानमा राखेर प्रदेशहरूले नै लाइसेन्स छाप्न तयारी थाल्ने र लाइसेन्स जारी गर्दा वा नवीकरण गर्दा कार्यलयले उपलब्ध गराइने राजस्व तिरेको रसिदमै क्युआर कोड र लाइसेन्स बाहकको फोटो राख्ने निर्णय गरेको थियो । सो निर्णय प्रदेशहरूले कार्यान्वयनमा लैजाने तयारी थालेका हो ।

सोही अनुसार बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालय मातहत रहेको यातायात व्यवस्था कार्यालयले कर तिरेको रसिदमै क्यूआर कोड र फोटो राख्ने प्रक्रिया अघि बढाएको बागमती प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले बताउनु भयो ।

मन्त्री महर्जनका अनुसार लाइसेन्स नआउँदासम्म क्यूआर कोड स्क्यानमै सबै विवरण आउनेगरी व्यवस्था मिलाउन लागिएको हो । रसिदमै क्युआर कोड राखिएपछि त्यही कोड स्क्यान गरेर ट्राफिक प्रहरीले लाइसेन्सको वैधता जाँच्न पाउने मन्त्री महर्जनको भनाई छ । यसलाई छिट्टै कार्यान्वयन गर्नेगरी छलफल सुरु भएको मन्त्री महर्जनले बताउनु भयो ।

सवारी चालक अनुपति पत्रको परीक्षा लिने, सवारी साधनबाट कर उठाउनेजस्ता यातायात सम्बद्ध अधिकार प्रदेश सरकारलाई मात्रै छ । २०७४ पछि यातायात व्यवस्था विभाग मातहतका तत्कालीन यातायात व्यवस्था कार्यालयहरू प्रदेश मातहत हस्तान्तरण भइसकेका छन् ।

अहिले देशभर लाइसेन्स परीक्षा पास गरिसकेका २० लाख जनाको लाइसेन्स छाप्न बाँकी छ । जसमध्ये बागमती प्रदेशका मात्रै करिब ८ लाख ५० हजार लाइसेन्स छाप्न बाँकी रहेको मन्त्रालयले जनाएको छ । अहिले दैनिक औसत ५ हजार वटा नयाँ लाइसेन्स जारी वा नवीकरण हुन्छन् ।

लाइसेन्स छपाई ढिलाई भैरहेको अवस्थामा हाललाई सवारी चालक अनुमतिपत्र लाइसेन्सको छपाइ नहुँदासम्म कर तिरेको रसिदमै क्यूआर कोड र फोटोको राख्ने र लाइसेन्स छपाईका लागि बागमती प्रदेश सरकारले प्रर्याप्त बजेट समेत विनियोजन गरेको प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.