घर गोठ छाउन प्रयोग गरिने बाबियो खर पछिल्लो समय हराउँदै जान थाल्यो

 

 स्याङ्जा – समय अघिसम्म घर गोठ छाउन अत्यधिक प्रयोगमा आउने बाबियो खर पछिल्लो समय हराउँदै जान थालेको छ । पछिल्लो समय  घरका छानाहरू जस्ता पाताले छाउने चलन आएपछि खरको प्रयोगमा कमी आएको हो ।

तर स्याङजाकाे कालिगण्डकि गाउँपालिका ३ आलमदेवी मन्दिर आसपासका गाउघरमा भने बाबियो घर काटेर सुकाई राख्ने चलन रहेको छ ।

पहिला सबैले वारि खरवारि सफा गरेर घाँस काट्थे प्रशस्त खर पाइन्थ्यो । आजकाल घाँस दाउरा गर्ने चलनमा कमी आउँदा खर हराउँदै जान थालेको स्थानीयको भनाई छ ।

बस्तुभाउका लागि अडिलो घाँस भएकाले बाबियो खर सुकाएर बस्तुभाउलाई दिने गरिन्छ । दसैँ तिहार जस्ता चाडपर्वमा पिङ बाट्न प्रयोग आउने खर संरक्षण गर्नुपर्ने  स्थानीय यादव प्रसाद पाण्डेले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.