दोदा नदीमा जल सतहले सतर्कता तह पार गर्‍यो

कञ्चनपुर – कञ्चनपुर जिल्लामा रहेको दोदा नदीमा जल सतहले सतर्कता तह पार गरेको छ । दोदा मछेली नदि जल मापन केन्द्रमा जल सतह सतर्कता तह पार गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । नदिका पानीको बहाव बढ्दो क्रममा रहेकोले उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

दोदा नदि किनाराका बासिन्दाहरुलाइ सतर्कता अपनाउन सुचना जारी गरिएको छ । हिजो राती देखि आएको अविरल वर्षा सँगै यस दोदाको पानीको बहाव बढेको हो । विगत देखि नै ठुलो मात्रामा कटान र डुबान गर्दै आएको दोदा नदिले फेरी कटान गर्ने सन्त्रासमा यस क्षेत्रका बासिन्दा गरेका छन् । दोदा नदिले लाल झाडी गाउँपालिकामा ठुलो क्षति गर्दै आइरहेको छ ।

निरन्तर पानी परिरहेको भए पनि महाकाली, मोहना लगायतका नदिहरुमा भने जल हित सामान्य रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । निरन्तर वर्षा जारी रहेकोले नदिमा पानीको सतह बढने र किनाराका बस्तीमा क्षति पुर्‍याउन सक्ने जोखिम भने कायम छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.