स्याटेलाइट मार्फत् विपद् जोखम न्यूनीकरणका विषयमा छलफल

मकवानपुर – बागमती प्रदेश सरकारले भू–उपग्रह९स्याटेलाइट०मार्फत् विपद् जोखम न्यूनीकरणका विषयमा छलफल गरेको छ ।

बागमती प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजनामा विपद् जोखम न्यूनीकरण लागि स्याटेलाइट प्रविधिको प्रयोगका विषयमा छलफल गरेको हो । भू–उपग्रह प्रविधिसँग सम्बन्धि कार्य गर्दै आइरहेको जापनीज एरोस्पेस एक्सप्लोरेशन एजेन्सीका प्रतिनिधि सहित प्रदेश सरकारका मन्त्री, प्रदेश मामिला समिति सभापति, मुख्य सचिव, सुरक्षा निकायका प्रमुखको उपस्थितीमा छलफल गरिएको हो ।

स्ट्रीक्स नामक भू–उपग्रह(स्याटेलाइट) मार्फत जुनसुकै ठाउँमा हुने प्रकोपको डाटा पाउन र विश्लेषण गर्न सकिने एरोस्पेस एक्सप्लोरेशन एजेन्सीको प्रतिनिधि संस्था सिन्स्पेक्टिभका महाप्रबन्धक भीन्सेन्ट केस्लरले बताउनुभयो । उहाँका अनुसार, स्याटेलाइटको प्रयोगबाट भूकम्प बाहेक बाढी, पहिरो, हिमताल विस्फोटको सम्भावना जस्ता विपद्का घटनाका बारेमा पूर्व जानकारी सम्बन्धित निकायलाई दिन सकिनेछ । जमिनमा आइरहने परिवर्तन,संरचनात्मक कमजोरी वा सम्भावित विफलताहरूको बारेमा तस्विर मार्फत् प्रारम्भिक डाटा पत्ता लगाउन सकिने केस्लरले दाबी गर्नुभयो । जस्तो सुकै मौसम वा रातको समयमा पनि स्याटलाइटले क्याप्चर गर्न सक्ने कम्पनीको दाबी छ । भू–उपग्रह जडानका विषयमा बागमती प्रदेश सरकारसँग एमओयू गरेर जान इच्छुक रहेको कम्पनीले जनाएको छ ।

बागमती प्रदेशको १० जिल्ला प्रकोपको उच्च जोखिममा रहेकाले स्याटलाइट प्रविधि मार्फत् जोखिमपूर्ण स्थानको पहिचान गर्न सकिने भएकाले यस विषयमा प्रदेश सरकारले चासो लिएको मुख्यमन्त्री बहादुर सिंह लामाले बताउनुभयो ।

आन्तरिक मामिला तथा कानूनमन्त्री सुरजचन्द्र लामिछानेले प्रविधिको प्रयोग मार्फत् जोखिम न्यूनीकरणमा अगाडी बढ्नु अहिलेको आवश्यकता रहेको उल्लेख गर्नुभयो । मन्त्री लामिछानेले विपद् व्यवस्थापन अधिकार तीनै तहको भएको बताउँदै स्याटेलाइट जडानका विषयमा संघीय सरकार अन्तर्गतको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँग छलफल पछि प्रदेश सरकार अगाडी बढ्ने बताउनुभयो । जोखिमको मध्यनजर गर्दै सूचना प्रवाह गर्न सकिने भएकाले यो प्रविधि उपयुक्त रहेको मन्त्री लामिछानेकोे भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.