खेलकुद तथा पकवानमार्फत पर्यटन प्रवर्द्धन गरिने

काठमाडौं – नेपालमा खेलकुद तथा रैथाने नेपाली पकवानमार्फत पर्यटन प्रवर्द्धनका लागि होटेल सङ्घ नेपाल र अन्तर्राष्ट्रिय खेलकुद पत्रकार मञ्च एसिया  (International Sports Press Association Asia) बिच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

काठमाडौँमा जारी उक्त अन्तर्राष्ट्रिय खेलकुद पत्रकार मञ्चको २५औँ कङ्ग्रेसमा होटेल सङ्घ नेपालका अध्यक्ष विनायक शाह र सो मञ्चका अध्यक्ष हे डन जुंगबाट हस्ताक्षरित उक्त समझदारी

पत्रमा सो मञ्चका अध्यक्ष कोरियाली पत्रकार हे डन जुंगले नेपाली रैथाने परिकारको अन्तर्राष्ट्रिय सद्भाव दूतको जिम्मेवारी वहन गर्नुभएको छ ।

उक्त कङ्ग्रेसमा भाग लिन नेपाल आउनुभएका ७० भन्दा बढी विभिन्न देशका वरिष्ठ खेलकुद पत्रकारहरूको सम्मानमा होटेल सङ्घ नेपलले आयोजना गरेको  रात्रीभोजमा १० जना नेपाली मास्टर सेफहरूले तयार पारेको नेपाली रैथाने परिकार र पेय पदार्थहरूबाट स्वागत सत्कार गरिएको थियो ।

स्वागत समारोहमा अन्तर्राष्ट्रिय खेलकुद पत्रकारहरू र आयोजक होटेल सङ्घ नेपाल, पर्यटन सम्वध संस्थाहरू, नेपाल खेलकुद पत्रकार मञ्चका  पदाधिकारीहरुबीच खेलकुद लगायत पर्यटन प्रवर्द्धनका विविध विषयहरूमा भावी कार्य योजनाका बारेमा छलफल भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.