दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल जमानतमा रिहा

मुख्यमन्त्रीको कार्यालयमा नजान र सरकारी कामसंग सम्बन्धित निर्णय नगर्न अदालतको आदेश

नयाँ दिल्ली- भारतिय सर्वोच्च अदालतद्वारा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई जमानतमा रिहा गरेको छ ।

भ्रष्टाचारको आरोपमा हिरासतमा रहेका मुख्यमन्त्री केजरीवाललाई मुद्दाको फैसला नभएसम्म मुख्यमन्त्रीको कार्यालयमा नजान, कुनैपनि सरकारी कामसंग सम्बन्धित निर्णय गर्न र मुद्दाका बारेमा केहिपनि नबोल्न पनि अदालतले आदेश दिएको छ ।

अदालतले केजरीवाललाई १० लाख रुपैयाँ धरौटी र दुइजना जमानतकर्ताको आधारमा जमानत दिएको हो ।

केजरीवालको रिहाईमा आम आदमी पार्टीका नेताहरुले केजरीवालमाथि झुठा मुद्दा लगाइएको पुष्टि भएको प्रतिक्रिया दिएका छन् । यसअघि पनि अदालतले यसै मुद्दामा आरोपी मानिएका अन्य चारजना नेताहरुलाई जमानत दिइसकेको छ ।

भारतिय प्रहरीले केजरीवाललाई ६ महिनाअघी पक्राउ गरेको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.