क्षेतीपूर्तीको माग गर्दै आई सिपीको मूल सडक अवरुद्ध

पर्सा – वीरगन्ज भन्सार कार्यालय अन्तरगतको एकीकृत चेकजाँच चौकी आइसिपीबाट हुने मालसामानको ओसार पसार आज विहानै देखि अवरुद्ध भएको छ ।

अलौं सिर्सियामा रहेका आइसिपी चौकमा हिजो अपराह्न्न भएको सवारी दुर्घटना परि मृत्यु भएका युवाका आफन्तले भन्सार कार्यालयको मुल सडक मै अवरुद्ध गरी प्रदर्शन गरेपछि मालसामानको ओसारपसारमा अवरोध भएको हो ।

सडक अवरोधका कारण आइसिपी सड्कमा मालवाहक सवारीसाधनको लाम लागेको छ । इन्धन लिन नेपालबाट भारत तर्फ जाँदै गरेको ट्याँकरले हिजो दिउँसो आइसिपी अगाडीको चोकमा सोही दिसाबाट आउदै गरेको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाइकलमा सवार रहेका अलौं निवासी वर्ष २३का निकु कुमार तुरहा गम्भिर घाइते भएका थिए ।

घाइते भएका तुरहाको हिजो सांझ उपचारको क्रममा मृत्यु भएपछि आफन्तले सड्क अवरोध गरी प्रर्दशन गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । उनीहरुले क्षतिपूर्ती र दोषिलाई कार्वाहीको माग गरेका छन् ।

अवरुद्ध रहेको आसिपी सडकलाई खुलाउन मृतकका अफन्त तथा जनप्रतीनिधिसंग छलफल भईरहेको बताईएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.