महाकालीमा पानीको बहाव बढेर साढे तीन लाख क्युसेक पुग्यो

अविरल वर्षासँगै ठाउँ-ठाउँमा कटान र डुबान

कञ्चनपुर –  विगत २ दिन देखिको अविरल वर्षा सँगै महाकाली नदिमा पानीको बहाव बढेर साढे तीन लाख क्युसेक पुगेको छ ।

नेपाल भारत सीमा क्षेत्रको बनबसा पुलमा एक लाख क्युसेक पानी पुग्ने बित्तिकै खतराको तहमा पुगेको मानिन्छ । पानीको बहाव बढेपछि बनबसा पुलमा सबै सवारी साधन र आवतजावत बन्द गरिएको छ ।

बहान ६ः४० बजे नै महाकाली नदी डडेलधुरा स्थित परिगाऊ बाढी मापन केन्द्रमा जल सतह सतर्कता केन्द्र पार गरेको भन्दै जल तथा मौसम विज्ञान विभागले डडेलधुरा र कञ्चनपुरका महाकाली जलाधार क्षेत्रका जनताहरूलाई २ बजे उच्च सतर्कता अपनाउन अनुरोध गरेको थियो । निरन्तर पानी परेका कारण नदिको बहाव बढने क्रम पनि जारी रहेको छ ।

बिहान ९ः३० बजे २ लाख ४ सय क्युसेक मापन गरिएको पानीको बहाव १२ बजे ३ लाख ५० हजार पुगेको छ । यो सँगै दोधारा चाँदनी नगरपालिका वडा नं १० कुतियाकबरमा महाकालीको बाढीले जोगबुढा नदी थुनिदा डुबान भएको छ भने भीमदत्त नगरपालिका १० र ११ वडा क्षेत्रमा भुजेला नाला थुनिदा डुबान भएको छ ।

भुजेला क्षेत्रमा इलाका प्रहरी कार्यालय गड्डाचौकीको टोली गएर उद्धार गरिरहेको छ । पुनर्वास नगरपालिकाको सिमरी र त्रिभुवन बस्ती क्षेत्रमा पनि डुबान भएको छ । महेन्द्रनगर बजार क्षेत्रकै केही स्थानहरूमा समेत डुबान भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.