नेपाल पत्रकार महासंघको निर्वाचन असोज १२ गते शनिवार

काठमाडौँ- नेपाल पत्रकार महासंघको निर्वाचनको लागि नयाँ मिति सार्वजनिक भएको छ। 

आज महासंघका कार्यवाहक अध्यक्ष रमेश विष्टले विज्ञप्तिमार्फत यही असोज १२ गते शनिवार महासंघको निर्वाचन हुने जानकारी दिनुभएको हो । 

यसअघि महासंघले यही असोज ५ गतेका लागि निर्वाचन मिति तोकेपनि अध्यक्ष विपुल पोखरेलले राजीनामा दिएपछि परिस्थिति असहज भएको कार्यवाहक अध्यक्ष विष्टको विज्ञप्तिमा भनिएको छ। 

महासंघले आजै सरोकारवाला सबैको सहमतिमा मतदाता सूची निर्वाचन समितिलाई बुझाएको छ ।

भोलि भदौ २९ गते शनिवार मतदाता सूची र भोलि नै निर्वाचन सम्बन्धी कार्यक्रमको तालिका सार्वजनिक गर्ने विज्ञप्तिमा उल्लेख छ । 

कार्यवाहक अध्यक्ष विष्टले निर्वाचन सम्पन्न गराउन सम्बद्ध सबै पक्षलाई आव्हान पनि गर्नुभएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.