सदन अवरोधलाई जारी राख्ने माओवादी निर्णय

काठमाडौँ- नेकपा माओवादी केन्द्रले सदनको अवरोधलाई कायमै राख्ने निर्णय गरेको छ ।  आज बसेको संसदीय दलको बैठकले जनयुद्धलाई अपमानित गर्ने शब्द फिर्ता नभएसम्म सदनको अवरोधलाई जारी राख्ने निश्कर्ष निकालेको हो ।

”जनयुद्धलाई अपमानित गर्ने हिसाबले एमालेका सांसद योगेश भट्टराईले हिंसा शब्द बोल्नु भयो  त्यतिबेलामा पनि प्रतिवाद गरेका थियो । सभामुखको रुलिङ हिंसा शब्दलाई मात्रै केन्द्रित गरेर आयो । हामीले जनयुद्ध, जनमुक्ति सेनालाई अपमान गरेको उहाँको भाव छ ।’ त्यो संशोधन नभएसम्म सदन अवरोध कायम रहन्छ” बैठकपछि प्रमुख सचेतक हितराज पाण्डेले बताउनु भयो । यही विषयलाई लिएर गत बुधबार माओवादीले प्रतिनिधि सभा बैठकमा अवरोध सृजना गरेको थियो ।

यसै गरी पाण्डेले बैठकले सत्ता गठबन्धनले उपसभामुखलाई हटाउन खोजे प्रतिवाद गर्ने निर्णय गरेकोपनि जानकारी दिनुभयो ।

उपसभामुखको विषयमा हामीले कुरा आउनेबित्तिकै सशक्त ढंगले प्रतिवाद गरेकै छौं । उपसभामुखबाट केही कमजोरी भएकै लाग्छ हामीलाई पनि । सम्मानित पदमा बसेको मान्छेले लेटरहेड प्रयोग गर्दा विचार गर्नेपर्छ ।तर, अहिलेको कुरा होइन । अहिले जसरी आयो त्यो बेठीक छ । त्यसैले उपसभामुखलाई हटाउने कुरा आयो भने प्रतिवाद गर्नेछौं” नेता पण्डेले भन्नुभयो ।

 

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.