संवैधानिक परिषद्‌ बैठकमा प्रधानन्यायाधीश नियुक्तिबारे छलफल

सोमवार पुन: बैठक बस्ने

काठमाडौँ– प्रधान न्यायाधीश सिफारिसका लागि  बसेको संवैधानिक परिषद बैठकमा नयाँ  प्रधानन्यायाधीश नियुक्तिबारे छलफल भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा प्रधानन्यायाधीश नियुक्तिका विषयमा छलफल भएपनि नाम भने सिफारिस गरिएन् ।

बैठकमा प्रधानन्यायाधीश नियुक्तिबारे छलफल भएपनि कुनै निर्णय नभएको संवैधानिक परिषद सदस्य एवम् उपसभामुख इन्दिरा रानामगरले बैठकपछि जानकारी दिनु भयो ।

बैठकमा आज प्रधानन्यायाधीश नियुक्तिका विषयमा छलफल भयो । सिनियर बरिष्ठत् न्यायाधीशको बारेमा छलफल भएको छ ।  थप छलफल गरेर परिपक्क निर्णय लिने निश्कर्षमा पुगेका छौ ।  भदौ ३१ गते पुन: बैठक बस्ने छ । आज कुनै निर्णय भएको छैन,” उपसभामुख रानामगरले भन्नु भयो ।

प्रधानन्यायाधीश नियुक्तिका लागि न्यायपरिषद्ले यसअघि नै ८ जना वरिष्ठतम न्यायाधीशहरूको नाम सिफारिस गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.