पहिरोले भीमदत्त र केआइसिंह राजमार्ग अवरुद्ध

काठमाडौँ-  सुदूरपश्चिमका मुख्य दुई राजमार्ग पहिराका कारण अवरुद्ध भएका छन् । डडेल्धुरामा भीमदत्त राजमार्ग र केआइसिंह राजमार्ग अवरुद्ध भएका जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

भीमदत्त राजमार्गको साहुखर्क र केआइसिंह राजमार्गको रडुवामा पहिरो गएको छ । लगातारको वर्षाका कारण सुदूर पहाडका राजमार्ग तथा ग्रामीण सडकहरू अवरुद्ध भएका छन् ।

पहाडी जिल्लाहरूमा वर्षाका कारण टेलिफोन र विद्युत् सेवासमेत अवरुद्ध हुँदै आएको छ । फल्टुडे, खानीडाँडा, भासुभिर, बुडर, रडुवा, मेलखर्क, आलिताल लगायत क्षेत्रको सडक खण्ड पनि अबरुद्ध हुन पुगेको छ ।

गन्यापधुरा गाउँपालिका–१ को साहुखर्कमा भीमदत्त राजमार्ग बिहीवार राति खसेको पहिरोले अवरुद्ध भएको सडक भने डोजरले पन्छाएर सवारीसाधन एक तर्फी खुलेको प्रहरीले जनाएको छ ।

ठाँउ ठाँउमा राजमार्ग अवरुद्ध हुँदा पहाडी जिल्लाबाट गन्तव्यका लागि छुटेका सवारीसाधन बाटोमै रोकिएका छन्। यस्तै डडेल्धुराकै गन्यापधुरा गाउँपालिका–२ को रडुवामा समेत पहिरो खस्दा केआईसिंह राजमार्ग अवरुद्ध भएको छ भने आलितालमा खसेको पहिरोले जोगबुढाबुडर सडक पनि बन्द भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.