धादिङमा ६४ जनाको मोतिबिन्दुको शल्यक्रिया

धादिङ- मोतियाविन्दुका कारण दुबै आँखा नदेख्ने उत्तरी धादिङको खनियाँवास गाउँपालिकास्थित दार्खा निवासी जस्माया तामाङ्ग अहिले दुबै आँखा देख्ने भएपछि दङ्ग छिन् ।

मोतिविन्दुको शल्यक्रियापछि उनी दुबै आँखाले देख्न सक्छिन ।

जस्मायाँले आँखा नदेखैको वर्षौँ भइसकेको थियो ।

अहिले नेपाल आँखा कार्यक्रम अन्तरगत तिलगंगा आँखा प्रतिष्ठानले जिल्ला सामुदायिक आँखा केन्द्र मार्फत सञ्चालन गरेको आँखा शिविरमा आँखाको जाँच गराई शल्यक्रिया गरेपछि दुबै आँखा देख्ने भएकी हुन् ।

उनी मात्रै होइन नेत्रावती डब्जङ्ग गाउँपालिकास्थित सेम्जोङ्गका साहिली तामाङ्ग पनि मोतिविन्दुको शल्यक्रिया गरेर आँखा देखेपछि संसार नै उज्यालो भए जस्तो लागेको बताउछिन् ।

दुबै आँखा नदेख्ने साहिली अहिले एकापट्टीको आँखाको शल्याक्रिया गरेर आँखा देख्ने भएकी हुन ।

अब उनी भन्छिन् -“आगामी मंसिरमा आर्को आँखाको पनि सल्याक्रिया गर्छु” ।

उत्तरी धादिङको विकट क्षेत्रमा बसोवास गर्दै आएका तामाङ्गद्वयले निःशुल्क आँखाको शल्यक्रिया गर्ने कुरा सुनेपछि आफन्तको सहयोगमा धादिङमा नै आएर आँखको शल्याक्रिया गराएका हुन् ।

उनीहरु त प्रतिनिधि पात्र मात्रै हुन् ।

यस्तो ६४ जना बृद्ध-बृद्धाले मेतिविन्दुका कारण गुमाएका आँखाको ज्योति पुन: पाएका छन् ।

आँखा शिविरमा नीलकण्ठ नगरपालlकास्थित वडा नम्वर ३ का वडा अध्यक्षको अक्षय कोषले आर्थिक सहयोग गरी विरामीहरुका लागि खाने र बस्ने ब्यवस्था समेत मिलाएको थियो ।

स्थानीय वडा र पालिकाले आँखाको सल्यक्रिया गरेका विरामीहरुका लागि खाना खाने ब्यवस्था र असहायहरुलाई खान र बस्ने सुविधासहित औषधिको पनि ब्यवस्था गरिएको वडा नम्बर ३ का अध्यक्ष राजकुमार श्रेष्ठको भनाइ छ ।

सो शिवीरमा ३ सय भन्दा धेरैको आँखाको परीक्षण गरिएको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.