काठमाडौँ फोटोग्राफर सङ्घको साधारण सभा सम्पन्न

काडमाडौं- फोटोग्राफरहरूको हक हित र व्यावसायिक फोटोग्राफीको विकासमा समर्पित संस्था काठमाडौँ फोटोग्राफर सङ्घको १६ औँ वार्षिक साधारण सभा सङ्घका अध्यक्ष  हरि प्रसाद घिमिरेको अध्यक्षतामा काठमाडौँमा आज सम्पन्न भएको छ।

काठमाडौँ विश्वविद्यालय भाषा तथा आमसञ्चार विभागका प्रमुख निर्मल मणि अधिकारीको प्रमुख आतिथ्यमा भएको सभाको उद्घाटन कार्यक्रममा संस्थाका गतिविधि, उपलब्धि र भावी योजना प्रस्तुत गरिएका थिए।

 

कार्यक्रममा फोटोग्राफी प्रतियोगिताका विजयीहरू प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने प्रतिस्पर्धीहरू क्रमशः नन्द श्रेष्ठ, उद्धव पुडासैनी र अमिर महर्जनलाई पुरस्कृत गरिएको थियो भने सङ्घका नव गठित विभिन्न एरिया समितिहरूलाई पनि सम्मान पत्र र सहयोगी संस्थाहरूलाई कदर पत्र प्रदान गरिएको थियो।

विभिन्न क्षेत्रका अतिथिहरूले शुभकामना प्रदान गर्नुभएको सो कार्यक्रममा शुभकामना मन्तव्य प्रदान गर्दै प्रमुख अतिथि अधिकारीले फोटोग्राफी इतिहास र समाजको ऐना रहेको र यसको व्यावसायिकतामा सङ्घले सकारात्मक भूमिका खेलेको बताउनुभयो।

कार्यक्रममा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष आनन्द प्रभाकर घिमिरेले प्रदान गर्नुभएको थियो भने सञ्चालन सचिव रेसमराज पण्डितले गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.