विश्व सेप्सिस दिवस: नेपालमा आइसियूमा भर्ना भएकामध्ये ३० प्रतिशत बिरामीको मृत्युको कारण सेप्सिस    

काठमाडौँ- विश्वभर हरेक वर्ष १ करोड १० लाख मानिसको ज्यान लिने सेप्सिस बारेमा सचेतना जगाउन र सन् २०३० सम्म विश्वभरबाट सेप्सिस अन्त्य गर्ने लक्ष्यका साथ नेपालमा पनि यस वर्षको विश्व संक्रमण दिवस अर्थात वल्ड सेप्सिस डे विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइएको छ ।

सम्पूर्ण शरीरमा एकसाथ संक्रमण हुनुलाई सेप्सिस भनिन्छ । मानिसको शरिरमा कुनैपनि रोगको संक्रमण भयो र त्यो संक्रमण जब रगतबाट शरीरका सबै भागमा फैलिन्छ, तब यस्तो अवस्थालाई चिकित्सकीय भाषामा सेप्सिस भएको बुभिन्छ ।

विश्व सेप्सिस दिवसको अवसरमा त्रि.वि शिक्षण अस्पताल महाराजगंमा नेपाल सघन उपचार विकास प्रतिष्ठानले क्रिटिकल केयर नर्सिङ एशोसिएशन अफ नेपाल र नेप्लीज सोसाइटी अफ क्रिटिकल केयर मेडिसिनसगको सहकार्यमा विभिन्न जनचेतना मूलक कार्यक्रम आयोजना गरिएको थियो । त्रि।वि शिक्षण अस्पताल महाराजगंमा अन्तर आइसियू सेप्सिस हाजिरी जवाफ प्रतियोगिता र भरतपुरको चितवनमा सेप्सिस प्रभातफेरि गरिएको थियो ।

सेप्सिस अन्तरक्रिया कार्यक्रममा विभिन्न अस्पतालमा कार्यरत स्वास्थकर्मीहरुको सहभागिता हरेको थियो । सो कार्यक्रममा सहभागिहरुले शरीरमा संक्रमण भई ज्यान नै जोखिममा पार्ने सेप्सिसबारे सबै सचेत हुनुपर्ने, र जनचेतनामा सरकारी पहल आवश्यक रहेको धारणा राख्नुभएको थियो ।

ब्याक्ट्रेरिया, पिसाबको मात्रा कम हुनु, स्वासप्रस्वासमा गाहो हुनु, मुटुको चालको कामगर्ने क्षमतामा कमीहुनु जस्ता लक्षण देखिएमा सेप्सिस हुनसक्ने चिकित्सको भनाइ छ । ग्लोबल सेप्सिस एलायन्स जीएसएको तथ्यांक अनुसार विश्वभर प्रत्येक २।८ सेकेन्डमा एकजनाको सेप्सिसका कारण मृत्यु हुने गरेको छ  । अर्थात विश्वभर ५ मध्ये १ जनाको मृत्यु सेप्सिसबाट हुने गरेको छ ।

यसैगरी विश्वभरीमा सेप्सिसबाट वर्षेनी १ करोड १० लाख मानिसको मृत्यु हुने र ४ करोड ९० लाख मानिस सेप्सिसबाट संक्रमित र ४ करोड ७० लाख देखि ५ करोड मानिसहरू सेप्सिसबाट प्रभावित हुन्छन् । यसैगरी ४० प्रतिशत ५ वर्ष मुनिका बालबालीका सेप्सिसबाट संक्रमित हुने तथ्याङ्क छ । विश्वभर हुने मृत्युमध्ये २० प्रतिशत सेप्सिसको कारण भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

विश्व स्वास्थ्य संगठनले यस वषदेखि सन् २०३० सम्म सेप्सिस वर्षको रुपमा मनाउने घोषाणा गरेको छ । नेपालमा हरेक वर्ष आइसियूमा भर्ना भएकामध्ये ३० प्रतिशत बिरामीको मृत्यु सेप्सिसका कारण हुने गरेको नेपाल सघन उपचार विकास प्रतिष्ठानले जनाएको छ । सेप्सिसबारे जनचेतना फैलाउने मूल उद्येश्यले ग्लोबल सेप्सिस एलायन्सले सन् २०१२ देखि विश्वभर सेप्टेम्बर १३ लाई विश्व सेप्सिस दिवसका रुपमा मनाउने गरेको छ । नेपालमा पनि सेप्सिसलाई रोक्न, जान्न, र उपचार गरी निस्तेज पार्न सरकारी पहल आवश्यक रहेको चिकित्सहरुको भनाइछ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.