सप्तरी जिल्ला बार एशोसिएशनको अध्यक्षमा कामेश्वर यादव निर्वाचित

सप्तरी –  सप्तरी जिल्ला अदालत बार  एशोसिएशनको अध्यक्ष पदमा प्रगतिशील लोकतान्त्रिक समावेशी तथा पेसागत कानुन व्यवसायी समूहका कामेश्वर यादव निर्वाचित हुनुभएको छ ।

यादवले ५२ मत ल्याउँदा उहाँका निकटतम प्रतिद्वन्द्वी प्रगतिशील पेसागत समावेशी तथा लोकतान्त्रिक समूहका उपेन्द्र प्रसाद यादवले ४४ मत प्राप्त गर्नुभयो ।

शनिवार बिहान ९ बजे देखी सुरु भएको मतदान साँझ ४ बजे सकिए लगत्तै मतगणना सुरु गरिएको थियो । शनिवारै बेलुका घोषित परिणाम अनुसार सचिव पदमा प्रगतिशील लोकतान्त्रिक समावेशी तथा पेसागत कानुन व्यवसायी समूहका रामएकवाल मण्डल निर्वाचित हुनुभएको छ ।

यस्तै सदस्य पदमा कामेश्वर समूहकै लबेन्द्र प्रसाद देव, धिरेन्द्र लाल, राम नरेश चौधरी, शिवनारायण यादव तथा उपेन्द्र समूहका वीर बहादुर कडारी निर्वाचित हुनुभएको छ ।

यसअघि उपाध्यक्ष पदमा मिस्टर चौधरी, सहसचिव पदमा शैलजा कुमारी साह र कोषाध्यक्ष पदमा निलम कुमारी यादव निर्विरोध निर्वाचित भइसक्नु भएको छ ।

नयाँ कार्यसमितिको कार्यकाल दुई वर्षको हुने छ । निर्वाचनमा कुल १ सय ३ मतदाता रहेकोमा ९८ मत खसेको निर्वाचन समितिका संयोजक केशव दासले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.