सप्तरीमा गाडीको ठक्करबाट २ जना घाइते, स्थानीयद्वारा सडक अवरुद्ध

सप्तरी – सप्तरीको हनुमान नगर कंकालनी नगरपालिका वडा नम्बर १ भारदहमा आइतबार गाडीको ठक्करबाट एक बालकसहित दुई जना गम्भीर घाइते भएका छन् ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्र १–०२–००१ ज ३८६६ नम्बरको गाडीको ठक्करबाट स्थानीय महेश्वर अधिकारीको १ वर्षीय छोरा आदर्श अधिकारी र उहाँको हजुरआमा ५० वर्षिया अनिता अधिकारी गम्भीर घाइते हुनुभएको हो ।

दुर्घटनामा गम्भीर घाइते दुबैजनालाई स्थानीय बासीको सहयोगमा प्रहरीले उद्धार गरी उपचारका लागि अस्पताल पठाएका छ ।
घाइते नाति, हजुरआमा दुबैजनाको धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको तथा ठक्कर दिने गाडीलाई प्रहरीले नियन्त्रणमा लिई कारबाही प्रक्रिया अगाडि बढाइएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख डिएसपी महेन्द्र नेपालले जानकारी दिनुभयो ।
गाडी चालकको लापरबाहीले दुर्घटना भएको भन्दै आक्रोशित स्थानीय बासी तथा घाइतेका आफन्तहरूले सडक अवरुद्ध गरी विरोध प्रदर्शन गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.