मकवानपुरको मनहरिमा ‘आमा घर’ सेवा आश्रम सञ्चालनमा

मकवानपुर –  मकवानपुरको मनहरिमा आमाहरूको महिमालाई सम्मान गर्दै मातृत्व प्रेमलाई केन्द्रमा राखेर आमा घर सेवा आश्रम सञ्चालनमा ल्याएको छ ।

ब्रह्मा कुमारी राजयोग उपसेवा केन्द्र मनहरिले मातृ अस्मिता स्वाभिमान सरल र सामान्य जीवनयापनको अभ्यासमा सघाउने उद्देशले आश्रम सञ्चालनमा ल्याएको हो ।

५ वर्षमा सपन्न भएको उक्त आमा घरमा कोही नभएका केही नभएका र भएर पनि नभएका ३ किसिमका आमाहरू आएर बस्न पाउने आमा घर सेवा आश्रम संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीले बताउनु भयो ।

उक्त आश्रममा केही नभएकाहरूले निःशुल्क रूपमा बस्न खान पाउँछन् भने भएकाहरूले पनि केही शुल्क तिरेर बस्न चाहनु हुन्छ भने पनि बस्न पाउने व्यवस्था रहेको उहाँले बताउनु भयो ।

उक्त आमा घरमा गरिब असहाय र कोही सन्तान नभएका एक्लो परिवारमा बस्न नसक्ने अवस्था भएका आमाहरू आश्रम आएर बस्न सक्ने उहाँले बताउनु भयो ।

व्यस्तताको नाममा आफ्ना सन्तानको सामान्य हेरचाहबाट विमुख परिरहेको अवस्थामा रहेका आमाहरूका लागि सकारात्मक सात्त्विक एवम् आध्यात्मिक जीवनको वातावरणबाट वञ्चित हुने अवस्थामा उनीहरूको जीवन सहज बनाउनको लागि र सामान्य अभिभावकत्व समेत नपाई जीवन नै जोखिममा रहेका आमाहरूका लागि आश्रम सञ्चालनमा ल्याइएको आश्रमका संरक्षक विजय भाइजीले बताउनु भयो ।

दाता र सघ संस्थाको सहयोगमा करिब ८ करोडको लागत सुविधा सम्पन्न भवन निर्माण गरेर आश्रम सञ्चालनमा ल्याइएको उहाँले बताउनु भयो ।

उक्त आश्रममा १ सय जना बस्न सक्ने क्षमताको रहे पनि हाल १६ जनाले मात्र सेवा लिई रहनु भएको उहाँले बताउनु भयो । उक्त आश्रममा बस्ने आमाहरूलाई आध्यात्मिक वातावरणमा साथै सात्त्विक जीवनयापन र उनीहरूको जीवन सुखमय बनाउँदै लानुका साथै परिवार सँग पुनर्मिलन पनि गराउने गरेको छ । उक्त भवनमा योग ध्यान कक्ष पुस्तकालय म्युजियम बैठक हल लगायत २५ वटा कोठाहरू रहेका छन् ।

आश्रमले नै शान्ति बाटिका पोखरी शान्ति धाम तपस्या धाम लगायत निर्माण गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.