फेरिए काठमाडौँ र पोखरा महानगरका प्रमुख प्रशासकीय अधिकृत

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारको सरुवा भएको छ ।

परियारलाई संचार तथा सूचना प्रविधि मन्त्रालय वा अन्तर्गत सरुवा गरिएको हो । परियारको ठाउँमा उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयमा सहसचिव सरोज प्रसाद गुरागाईलाई पठाइएको छ ।

गत विहिवार बसेको मन्त्रीपरिषद् बैठकले ४० जना सहज सचिवहरुको सरुवा गरेको छ । यस्तै पोखरा महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत  राम कृष्ण थापालाई गृहमन्त्रालयमा सरुवा गरिएको छ ।

यस्तै  सरुवा भएकाहरुमा अधिकाँशलाई केन्द्रबाट प्रदेशमा पठाइएको छ भने केहीलाई प्रदेशबाट केन्द्रमा ल्याइएको छ । कतिपयलाई एउटा मन्त्रालयबाट अर्को मन्त्रालयमा सरुवा गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.