सञ्चार सचिव र एनटिभीका कार्यकारी अध्यक्षबीच कार्यसम्पादन सम्झौता

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधि  राधिका अर्याल र नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष समीरजंग शाह बीच आर्थिक बर्ष २०८१।०८२ को कार्य सम्पादन सम्झौता भएको छ ।

मन्त्रालयका आज एक कार्यक्रममा बीच सञ्चार सचिव अर्यालले नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष लगायत मन्त्रालय मातहतका विभिन्न निकायकाका प्रमुखहरूसँग कार्य सम्पादन सम्झौता गर्नु भएको हो । 

नेपाल टेलिभिजनका अध्यक्ष शाहसँग भएको सम्झौतामा चालु आर्थिक वर्ष भित्र सम्पादन गर्नुपर्ने मुख्य कामहरुलाई कार्यसम्पादन सूचक कायम गरि छुट्टा छुट्टै अङ्कभार निर्धारण गरिएको छ ।

जसअन्तर्गत नेपाल टेलिभिजनबाट समावेशी समाचार अन्तरगत ७ वटा भाषामा समाचार प्रसरण गर्नुपर्ने, १४ वटा भाषामा कार्यक्रम प्रसारण, सूचनाको हक सम्बन्धी कार्यक्रम र समाचार प्रसारणका साथै Digital Platform लाई थप प्रभावकारी बनाइने लगायतका ३२ वटा कार्यसम्पादन सूचकहरू तोकिएको छ ।

सूचकहरुमा नेपाल टेलिभिजनका सबै च्यानलको प्रसारण डिजिटल प्लेटफार्ममार्फत हेर्न सकिने ब्यवस्था मिलाउनेदेखि नेपाल टेलिभिजन संस्थान कर्मचारी विनियमावली संशोधन, बेरुजूको अङ्क शतप्रतिशत फर्छ्यौट लगायतका विषयहरु समावेश गरिएको छ । 

यसै गरी नेपाल टेलिभिजनमा कर्मचारी पदस्थापन/सरुवाको मापदण्ड बनाउनुपर्ने र कर्मचारीको क्षमता विकास कार्यक्रम संचालन गर्नुपर्ने लगायतका विषयमा पनि अंकभार छुट्याइएको छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.