दोलखामा जीप दुर्घटनाः दुई जनाको मृत्यु, चार जना घाइते

दोलखा- दोलखाको गौरीशंकर गाउँपालिका–४, झ्याकुमा बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

सिगटीबाट झ्याकु जाँदै गरेको बा २० च ७२६६ नम्बरको बोलेरो जीप अनियन्त्रित भई दुर्घटना हुँदा गौरीशंकर ३ की ७५ वर्षिया काली शेर्पा र ५५ वर्षिया पसि शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय दोलखाले जनाएको छ ।

गम्भिर घाइते दुवैको उपचारको क्रममा सिंगटीस्थित रोल्वालिङ सामुदायिक अस्पतालमा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका निङमार तमाङ, निङमा शेर्पा, अनुश शेर्पा र डोमा शेर्पाको रोल्वालिङ सामुदायिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यलय दोलखाका प्रहरी निरीक्षक शत्रुधन कुमार महतोले बताउनुभयो । बोलेरो सडकबाट करिब दुई सय मिटर तल खसेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.