अमेरिकी पूर्व राष्ट्रपति ट्रम्प माथि फेरि हत्या प्रयास

काठमाडौं- अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प माथि फेरि हत्या प्रयास गरिएको छ । फ्लोरिडा गल्फ कोर्समा ट्रम्प माथि गोली हान्ने प्रयास गरिरहेका बन्दुकधारीलाई पक्राउ गरी हिरासतमा राखिएको छ ।

ट्रम्पको हत्या प्रयास भएको अमेरिकी अधिकारीहरुले पनि पुष्टि गरेका छन् । गल्फ कोर्सको झाडीमा लुकेर गोली हान्न लागेका व्यक्तिलाई अमेरिकी गुप्तचर सेवाका एजेन्टहरुले देखेर ती व्यक्ति माथि नै गोली हानिएको अधिकारहरुले बताएका छन् ।

गोली हान्ने प्रयास भइरहेका बेला ट्रम्प घटनास्थलबाट २ सय ७५ देखि ४ सय ५५ मिटर टाढा रहेको एफबिआईले जनाएको छ । घटनास्थलबाट AK47 शैलीको बन्दुक, दुई वटा झोला र गोप्रो क्यामेरा फेला परेको छ ।

यसअघि पनि चुनावी प्रचारका क्रममा पेन्सलभेनिया राज्यमा ट्रम्प माथि गोली प्रहार गरिएको थियो । गुप्तचर सेवाका एजेन्टले सन्दिग्ध व्यक्तिलाई धेरै पटक गोली हानेको र ती व्यक्ति झारीबाट भागेर कालो निसान कारमा बसेको प्रत्यक्षदर्शीले बताएका छन् ।

ट्रम्पले आफू सुरक्षित रहेको बताउनु भएको छ । हिंसाका लागि कुनै ठाउँ नभएको भन्दै ट्रम्प सुरक्षित रहेकोमा राष्ट्रपतिकी डेमोक्र्याटिक उम्मेद्वार कमला ह्यारिस र उपराष्ट्रपतिका उम्मेदवार टिम वाल्चले बताएका छन् । घटनाका विषयमा थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.