बारा बस दुर्घटना अपडेटः एक जनाको मृत्यु, १० जना गम्भीर घाइते

बारा- बाराको पूर्व पश्चिम राजमार्गस्थित उनासी पुलमा आज बिहान बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दाङ देउखुरी गटवा ५ बस्ने अन्दाजी बर्ष ४५ का चेतन राय यादब रहेका छन् ।

यादवको उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा अन्य १० जना गम्भीर घाइते भएका छन् । गम्भीर घाइतेहरुलाई थप उपचारका लागि बिरगंज रिफर गरिएको छ । अन्य सामान्य घाईतेको निजगढमै उपचार भईरहेको छ । दुर्घटनामा ४३ जना घाईते भएका थिए ।

गएराती एक बजे काँकडभिट्टादेखि दाङतर्फ जाँदै गरेको ना ८ ख ११६४ नं. को बस अनियन्त्रित भई पुलदेखि ८ मिटर तल खस्दा बसमा सवार सबै घाईते भएका हुन् । बसको अगाडिको पट्दा भाँचिदा दुर्घटना भएको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.