प्रतिनिधि सभाको आजको बैठक माओवादी केन्द्रले अबरुद्ध नगर्ने

प्रधानमन्त्रीले प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्नुहुने

काठमाडौँ- प्रतिनिधि सभाको आजको बैठक सुचारु गर्न माओवादी केन्द्र सहमत भएको छ।

माओवादी केन्द्रले प्रतिनिधि सभाको आजको बैठक संचालन गर्न दिने सो पार्टीका मुख्य सचेतक हितराज पाण्डेले जानकारी दिनुभएको हो ।

प्रतिनिधि सभाको आजको कार्यसूचीको टुंगो लगाउन सभामुख देवराज घिमिरेले बोलाउनुभएको कार्य व्यवस्था परामर्श समितिको बैठकमा माओवादीले आफ्नो विषय राखेर संसदलाई सुचारु गर्न दिने सहमति गरेको छ ।

संसदको अधिवेशन अन्त्य तथा आज प्रधानम्त्रीको प्रतिनिधि सभाको बैठकमा हुने सम्बोधनलाई लिएर केहीबेर अघि कार्य व्यवस्था परामर्श समितिको बैठक बसेको थियो ।

माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डेले आफूहरु ‘हिंसा’ भन्दे शब्द हटाउनुपर्छ भन्ने पक्षमा भएपनि प्रधानमन्त्रीले विदेश जाने सन्दर्भमा संसदमा बोल्न लाग्नुभएकोले आफ्नो कुरा राखेर अबरोध हटाउने बताउनुभयो । यसैगरी नेता पाण्डेले सभामुखको विरोधमा माओवादी केन्द्र नभएको पनि स्पष्ट पार्नुभएको  छ ।

प्रतिनिधि सभाको बैठक अहिले बस्दै छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नुहुने छ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.