सरकारले एक महिनाभित्र भूमि समस्या समाधान आयोग बनाउँछ: अधिकारी

काठमाडौं – भूमि सुधार,सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सरकारले एक महिनाभित्र भूमि समस्या समाधान आयोग बनाउने बताउनुभएको छ ।

सोमवार एसिया किसान सङ्गठनको कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले यस्तो बताउनुभएको हो । उहाँले सरकारले  नेपालमा रहेका भूमिहीन किसान, समस्याग्रस्त,अव्यवस्थित सबै किसानहरूलाई व्यवस्थित गर्ने गरी किसानहरूलाई भूमि पनि उपलब्ध गराउने बताउनु भयो । उहाँले भूमिहीन किसानलाई जग्गा उपलब्ध गराए उनीहरूलाई कृषि व्यवसायमा आबद्ध गराएर जीविकोपार्जन गर्न सक्ने गरी उद्यमशीलतामा जोड्ने योजना सरकारको रहेको बताउनु भयो । उहाँले सबै किसानहरूलाई उद्यमशीलतासँग जोड्दै आर्थिक समृद्धितिर बढाउने र जनतालाई सुखी बनाउने लक्ष्य रहेको बताउनु भयो । उहाँले त्यसको लागि मन्त्रालयले एक महिनाभित्र भूमि समस्या समाधान आयोग बनाउने बताउनु भयो । उहाँले नेपालमा रहेका भूमिहीन किसानलाई बासको ग्यारेण्टी गर्ने गरी काम गरिरहेको बताउनु भयो । उहाँले काम गर्दा नमिलेका कुराहरू मिलाएर र कानुनी अल्झनहरुलाई पनि सबैसँगको सहकार्यमा सरकारको अपकुलतामा काम गर्ने योजना रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो,‘सरकारले नेपालमा रहेका भूमिहीन किसान, समस्याग्रस्त,अव्यवस्थित सबै किसानहरूलाई व्यवस्थित गर्ने गरी किसानहरूलाई भूमि पनि उपलब्ध गराउने  र कृषि व्यवसायमा आबद्ध गराएर जीविको पार्जन गर्न सक्ने गरी उद्यमशीलताको विकास गर्दै आर्थिक समृद्धितिर बढाउने र जनतालाई सुखी बनाउने लक्ष्यका साथ मन्त्रालयले भूमि समस्या समाधान आयोग बनाउँछ । एक महिनाभित्रै सरकारले भूमि समस्या समाधान आयोग बनाउँछौँ । नेपालमा रहेका भूमिहीन किसानलाई बासको ग्यारेन्टी गर्ने गरी काम गरिरहेका छौ । काम गर्दा नमिलेका कुराहरू मिलाएर र कानुनी अल्झनहरुलाई पनि सबैसँगको सहकार्यमा सरकारको अपकुलतामा काम गर्ने योजना रहेको छ ।’

उहाँले दक्षिण एसियामा कृषि क्षेत्रमा फरक–फरक प्रणाली रहेको बताउनु भयो । उहाँले विश्वमा पछिल्लो समय खाद्यको मुख्य चुनौती बन्दै गएको बताउनु भयो । उहाँले खाद्य व्यवस्था स्वच्छ नहुँदा स्वास्थ्यमा समेत समस्या आउँदै गएको बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.