पर्यटन र नागरिक उड्डयन क्षेत्र सुधारको लागि उच्चस्तरीय अध्ययन समिति बनाउँछौँ: पर्यटन मन्त्री पाण्डे

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन र नागरिक उड्डयन क्षेत्र सुधारको लागि उच्चस्तरीय अध्ययन समिति बनाउने बताउनुभएको छ ।

सोमवार मन्त्रालयमा पत्रकारहरूसँगको छलफलमा मन्त्री पाण्डेले यस्तो बताउनुभएको हो । उहाँले नागरिक उड्डयन र पर्यटन क्षेत्रको सुधार गर्न आवश्यक देखिएकाले उच्च अदालतमा पूर्वप्रमुख न्यायाधीशको संयोजकत्वमा समिति गठन भइसकेको बताउनु भयो । उहाँले प्राविधिक कारणले ढिलाइ भइरहेको भन्दै चाँडै समितिको विषय मन्त्रीपरिषद्बाट पारित हुने बताउनु भयो । उहाँले उच्चस्तरीय पर्यटन सुधार समितिले नागरिक उड्डयन क्षेत्रमा अहिलेसम्म भएका अध्ययनहरूको पुनरावलोकन गर्ने बताउनु भयो । उहाँले पुराना अध्ययनको पुनरावलोकन मात्रै नभएर अहिलेको सिस्टमको पनि अध्ययन गरी सरकारलाई सुझाव दिने बताउनु भयो । उहाँले मन्त्रालयले पनि तारा गाउँ विकास समितिका समस्या समाधानको लागि पनि  मन्त्री स्तरीय अध्ययन समिति बनाउने बताउनु भयो । उहाँले उक्त समितिले पनि हायात होटेलसँग भइरहेका कामहरू ठिक बेठिकका सन्दर्भमा पनि अध्ययन गर्ने बताउनु भयो । उहाँले यस्ता अध्ययन समितिले विगतमा भएका अध्ययनहरूलाई समेत आधार बनाउँदै अहिलेको अध्ययन निचोडमा पुग्ने र मन्त्रालयको नेतृत्व परिवर्तन भए पनि अध्ययनले देखाएका कामहरू निरन्तर भइरहेन वातावरण बनाउने योजनामा मन्त्रालय रहेको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो,‘सरकारले नागरिक उड्डयन क्षेत्र सुधारको लागि उच्चस्तरीय अध्ययन समिति बनाउन लागेको छ । मन्त्रीपरिषद्मा प्रस्तुत भइसकेको छ । केही प्रक्रियाहरू पूरा गरेर चाँडै सार्वजनिक हुँदै छ । उच्च अदालतका पूर्वमुख्य न्यायाधीशको संयोजकत्वमा समिति गठन गरेका छौँ । त्यो समितिले नागरिक उड्डयन क्षेत्रमा अहिलेसम्म भएका अध्ययनहरूको पुनरावलोकन गर्छ। अहिलेको सिस्टममा कहीँ समस्या छ की भनेर अध्ययन गर्छ । सरकारलाई आवश्यक पर्ने सिफारिस दिन्छ । तारा गाउँ विकास समितिमा पनि मन्त्रीस्तरीय अध्ययन समिति बनाउँछ । उक्त समितिले पनि हायात होटेलसँग भइरहेका कामहरू ठिक बेठिकका सन्दर्भमा पनि अध्ययन गर्छ । यस्ता अध्ययन समितिले विगतमा भएका अध्ययनहरूलाई समेत आधार बनाउँदै अहिलेको अध्ययन निचोडमा पुग्ने र मन्त्रालयको नेतृत्व परिवर्तन भए पनि अध्ययनले देखाएका कामहरू निरन्तर भइरहने वातावरण बनाउँछौं। दुई वटा विमानस्थलहरू पूर्णपुरमा सुचारु गर्नको लागि दिने भनिएका सबै प्रकारका र सहुलियत दिने निर्णय भइसकेको छ । हवाई इन्धन र पर्यटन बोर्डले लिने शुल्क लगायतमा निर्णय भइसकेको छ । टिकटमा लागेको भ्याटको सन्दर्भमा बजेटमा समावेश भएर आएकाले अब के गर्न सकिन्छ भन्ने सन्दर्भमा अर्थमन्त्रीले छलफल गरिरहनु भएको छ ।’

उहाँले भैरहवाको गौतम बुद्ध  र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्णपुरमा सुचारु गर्नको लागि दिने भनिएका सबै प्रकारका र सहुलियत दिने निर्णय भइसकेको बताउनु भयो । उहाँले हवाई इन्धन उद्योग मन्त्रालय र पर्यटन बोर्डले लिने शुल्क लगायतमा निर्णय भइसकेको भन्दै चाँडै सबै प्रक्रिया पूरा हुने बताउनु भयो । उहाँले टिकटमा लागेको भ्याटको सन्दर्भमा बजेटमा समावेश भएर आएकाले अब के गर्न सकिन्छ भन्ने सन्दर्भमा अर्थमन्त्रीले छलफल गरिरहनुभएको बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.