सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सभापतिमा सांसद शर्मा निर्वाचित

काठमाडौं – राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सभापतिमा मायाप्रसाद शर्मा निर्वाचित हुनुभएको छ ।

सोमवार उहाँको एकल उम्मेदवारी परेसँगै उहाँले निर्वाचित हुनुभयो । उहाँले राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालबाट पद तथा गोपनीयताको शपथ ग्रहण समेत गर्नुभयो । नेकपा (माओवादी केन्द्र) का सांसद शर्मा यसअघि पनि सोही समितिको सभापति हुनुहुन्थ्यो । सभापतिमा निर्वाचित भएपछि समिति सभापति शर्माले कानुन निर्माणका हिसाबले धेरै राम्रो भएको र प्रत्यायोजित विधायनलाई नियन्त्रित गरेको बताउनु भयो । उहाँले समितिले सरकारलाई समितिको तर्फबाट दिइएका काम कारबाहीको कार्यान्वयन गर्न दबाब दिने काममा समिति सफल भएको बताउनु भयो । उहाँले कार्यान्वयन भए÷नभएको बारेमा मन्त्रीहरूसँग छलफल गर्ने थप निर्देशन दिने काम गरेको बताउनु भयो ।

समिति सभापति शर्माले समितिका कामकारबाही आगामी दिनमा अझ व्यवस्थित र सक्रिय बनाउने बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.