सहकारीका दोषीलाई सजाय दिलाउन सिफारिस गरिएको छ: सूर्य थापा

काठमाडौं- सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले पार्टीभन्दा माथि उठेर सहकारी छानबिन गरी प्रतिवेदन बुझाउन लागिएको बताउनुभएको छ ।

सोमवार समितिको ६६ औँ बैठक सम्पन्न गरी सञ्चारकर्मीहरूसँग कुरा गर्दै सभापति थापाले दलभन्दा माथि उठेर छानबिनमा दोषी पाइएकाहरूलाई कारबाहीको सिफारिस गरिएको बताउनु भएको हो । उहाँले समितिमा सबै राजनीतिक दलहरूबाट प्रतिनिधित्व भएको तर पनि सहकारीका वर्तमान समस्यालाई पहिलो प्राथमिकता राखेर प्रतिवेदन स्वसहमतिले पास गरेको दाबी गर्नुभयो । उहाँले समितिले साढे तीन महिना अध्ययन र छलफलपछि तयार पारेको प्रतिवेदनमा सबैले हस्ताक्षर गरेर प्रतिनिधि सभामा पेस गर्न लागेको बताउनु भयो । उहाँले ६६ वटा बैठक र गहन अध्ययन गरेर तथ्य केलाएर प्रतिवेदन तयार पारिएको पनि उल्लेख गर्नुभयो । उहाँले समितिको प्रतिवेदनले दोषीलाई अपराधको भागी बनाउन सिफारिस गरिएको पनि उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो,‘सहकारी ठगीबारे छानबिन गर्न गठित सहकारी सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन पारित गरेका छौँ । आज नै प्रतिनिधि सभामा प्रस्तुत गर्ने कार्यसूची छ । सहकारीको रकम दुरुपयोग,अपचलन ठगीका सम्बन्धमा लामो समय लगाएर प्रतिवेदन तयार बनाएका छौँ । यसले सिङ्गो सहकारी क्षेत्रलाई आजको सङ्कटबाट पुनः उत्थान गर्ने र अपचलन गरेकाहरूलाई जबाफदेही बनाउने, संवैधानिक व्यवस्था,जनताको हित, समाजवाद निर्माण गर्ने सङ्कल्प र तीन खम्बे अर्थनीतिको पिल्लरका रूपमा र वर्तमान सहकारीमा देखिएका समस्या हल गर्नका निम्ति मार्गदर्शन गर्ने छ ।  सात सदस्य समितिमा विभिन्न पार्टीका प्रतिनिधि थियौँ । तर सहकारी समस्यालाई समितिले कुनै पार्टी भन्दा माथि उठेर विकराल राष्ट्रिय समस्याका रूपमा लिएका छौँ । त्यसरुपमा गम्भिरतापूर्बक आत्मसाथ गरेका छौँ । समितिले दिएको प्रतिवेदन दोषीलाई कारबाहीको भागिदार बनाउन सिफारिस गरेका छौँ ।’

समितिको प्रतिवेदनमा सबै सदस्यहरूले हस्ताक्षर गरेका छन् । केही समय भाषाका विषयमा कुरा नमिल्दा प्रतिवेदनमा हस्ताक्षर हुन सकेको थिएन । तर सबैको सहमति अनुसार हस्ताक्षर गरेका हुन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.