राष्ट्रियसभाः प्रस्ताव स्वीकृत

काठमाडौँ-  सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पेस गर्नुभएको ‘प्रतिनिधिसभाबाट संशोधनसहित फिर्ता आएको सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ का सम्बन्धमा प्रतिनिधिसभाबाट भएको संशोधनमाथि छलफल गरियोस्’ भन्ने प्रस्ताव राष्ट्रियसभाबाट स्वीकृत भएको छ ।

उक्त प्रस्तावमाथिको छलफलमा पदमबहादुर परिवारले रेडियोको भूमिकाको सन्दर्भमा स्पष्ट पार्नुपर्ने सुझाव दिनुभएको छ ।

सभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट मन्त्री गुरुङले राष्ट्रियसभामा मुस्लिम आयोगको आव २०७९र८० को वार्षिक प्रतिवेदन पेस गर्नुभएको छ ।

राष्ट्रियसभा नियमावली २०७५ को नियम १८४ को उपनियम ९३० बमोजिम माननीय सदस्यहरूबाट प्राप्त अनुपस्थितिको सूचना स्वीकृत भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.