इट्टा उद्योगले देश विकासमा ठुलो भूमिका निर्वाह गरेको छ ः मन्त्री भण्डारी 

काभ्रे – उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले इट्टा उद्योगले देश विकासमा ठुलो भूमिका निर्वाह गरेको बताउनुभएको छ । सोमबार काभ्रेको धुलिखेलमा नेपाल इट्टा उद्योग महासङ्घको १६ औँ साधारण सभालाई सम्बोधन गर्दै मन्त्री भण्डारीले इट्टा उद्योगले देश विकासमा ठुलो भूमिका निर्वाह गरेको बताउनुभएको हो ।

नेपालमा इट्टा उद्योगले पुरानो ईहिास रहेको बताउँदै मन्त्री भण्डारीले इट्टा उद्योगले देश विकासमा ठुलो योगदान पुर्‍याएको हुनाले यस उद्योगलाई पर राख्न नमिल्ने बताउनुभयो । इट्टा उद्योगहरूले श्रमिकको स्वास्थ्य प्रतिकुलताको विषयलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने उहाँको भनाई थियो । नेपालमा सञ्चालित इट्टा उद्योगहरू वातावरणमैत्री, प्रविधिमैत्री, गुणस्तर मापन, उत्पादनको सुनिश्चितता, रोजगारीको सुनिश्चितता लगायतका विषयमा ध्यान दिनको लागि उहाँले आग्रह गर्नुभयो ।

२०६४ सालमा स्थापना भएको महासङ्घले स्थापना पश्चात् ‘वातावरण र समाजप्रतिको दायित्व, कर्तव्य बोध’का साथ नेपाल सरकारले ल्याएका विभिन्न नीति तथा कानुनहरूको पालना र विभिन्न दातृ निकायहरूसँग हातेमालो गर्दै वातावरण मैत्री इट्टा उद्योग स्थापना गरी इट्टामा देश आत्मनिर्भर रहेको महासङ्घका अध्यक्ष शङ्कर बहादुर चन्दले बताउनुभयो ।

कार्यक्रममा बागमती प्रदेश सभा सदस्य कञ्चनचन्द्र बादे, लक्ष्मण लम्साल, उद्योग वाणिज्य सङ्घका प्रतिनिधि, विभिन्न सङ्घ, संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.