मनकामना केबलकार भोलि बाट पून सञ्चालनमा आउने

गोरखा-  नेपालकै पहिलो केबुलकार मनकामना केबुलकार मर्मत सम्भार लगत्तै भोली देखी पून सञ्चालनमा आउने भएको छ । २ महिनाको मर्मत सम्भार पछि असोज १ गते बिहानै देखी सञ्चालनमा आउने भएको हो ।
गएको असार ३१ गते देखी मर्मत सम्भार को लागि पूर्ण रूपमा बन्द गरिएकोमा मर्मत सम्भार सकिएकोले केबुलकार असोज १ गते बिहानै देखी नियमित रूपमा सञ्चालनमा आउने मनकामना दर्शन प्रा.लिका प्रबन्ध निर्देशक राजेशबाबु श्रेष्ठले जानकारी दिनुभयो ।
‘हामीले हाम्रा यात्रुहरूको सुरक्षाका लागि अत्याधुनिक प्रविधिमा स्तरोन्नति गर्न २ महिना देखी केबुलकार बन्द गरेर काम गरेका थियौ’ उहाँले भन्नुभयो ‘ एनालग अपरेटिङ सिस्टमबाट डिजिटल डी– कनेक्ट मा रूपान्तरण गर्ने काम सम्पन्न भएको छ ।’
स्थापनाको २६ वर्ष पछि केबुलकारलाई एनालगबाट डिजिटल प्रणालीमा रूपान्तरण गरिएको हो । केबुलकारलाई डी–कनेक्ट प्रणालीमा लान अस्ट्रियाको विश्वविख्यात केबुलकार निर्माता कम्पनी डोपलमेयरका इन्जिनियर तथा प्राविधिकहरूको प्रत्यक्ष सहभागिता र सुपरिवेक्षणमा स्तरोन्नतिको काम सम्पन्न भएको कंम्पनीले जनाएको छ ।
केबुलकारको मुख्य लठ्ठा र डिजिटल डी–कनेक्ट प्रणालीमा जाँदा मनकामना दर्शन प्रालिले करिब ५० करोड खर्च गरेको निर्देशक श्रेष्ठले बताउनुभयो । २०५५ साल मङ्सिर ८ गते देखी विधिवत् रूपमा सञ्चालनमा आएको केबुलकारले चितवनको चेरेशमा बटम स्टेसन र गोरखाको मनकामना मन्दिर छेवैमा टप स्टेसन राखी मनकामना मन्दिर आउजाउ गर्नेहरूका लागि सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.