प्रतिनिधि सभाको चालु अधिवेशन अन्त्य

काठमाडौं- प्रतिनिधि सभाको चालु अधिवेशन अन्त्य भएको छ ।

प्रतिनिधि सभाको चालु चौथो अधिवेशन सोमवार(आज) राति १२ बजेदेखि अन्त्य हुने भएको हो । आजको बैठकमा बोल्दै सभामुख देवराज घिमिरेले राति १२ बजेदेखि चालु चौथो अधिवेशन अन्त्य हुने जानकारी दिनुभयो ।

सरकारले चालु अधिवेशन अन्त्यका लागि हिजो(आइतबार) राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । राष्ट्रपति रामचन्द्र पौडेलले अधिवेशन अन्त्य गरेको पत्र सङ्घीय सांसदलाई पठाउनुभएको थियो । राष्ट्रपतिले पठाएको सो पत्र पढ्दै सभामुख घिमिरेले अधिवेशन अन्त्य भएको घोषणा गर्नुभएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.