उपसभामुखबारे प्रधानमन्त्रीको टिप्पणी: प्रस्ताव नै नआएको विषयलाई अनावश्यक उचालियो

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाको विषय अनावश्यक रूपमा उचालिएको टिप्पणी गर्नुभएको छ ।

संसद्मा प्रस्ताव नै नआएको, छलफल पनि नभएको विषयमा उपसभामुख रानाको विषयमा संसद्मा उत्पातै भएकोको विषय आफूले बुझ्न नसकेको पनि प्रधानमन्त्री ओलीको भनाई थियो । उपसभामुख इन्दिरा रानालाई हटाउने विषयमा सत्तापक्ष र प्रतिपक्ष दलका सांसदहरूबिच चर्काचर्की नै भएको थियो । प्रधानमन्त्री ओलीले सोही विषय सोमवारको प्रतिनिधि सभा बैठकमा उल्लेख गर्दै प्रस्ताव नै नआएको विषयमा कसरी छलफल भयो भनी प्रश्न समेत गर्नुभयो । कहीँ कसैले बाहिर भनेको विषयलाई लिएर संसद्मा गालीगलौजको शैलीमा प्रस्तुत हुने कुरा शोभनीय नभएको भन्दै प्रधानमन्त्री ओलीले बोली र व्यवहारमा आँच आउने खालका काम नगर्न पनि सांसदहरूलाई आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो,‘म सम्माननीय सभामुख मार्फत सबैलाई भन्न चाहन्छु–उठ्दै नउठेका कुराहरूमा, प्रस्तावै नआएका कुराहरूमा छलफल कसरी चलेको हो ? त्यो मैले बुझेको छैन । प्रस्ताव पनि आएको छैन, छलफल पनि भएको छैन । कसैले विषय उठान नै गरेको छैन । उठान नै नगरेका विषयमा उत्पातै भयो त । म त हेरिराखेको थिए– के भएको होला ? उठाएकै छैन । अव कुनै विषयमा कसैले उठाएको विषयमा आजै थुप्रेरै विषय उठेका छन् । त्यो विषयमा कसैले के हो भनेर छलफल ग¥यो भने त्यो छलफल पनि संसद्मा आएर भएको होइन । कहीँ कसैले कुरा गरेको रे भनेको सुन्दा के कुरा गरेका थियौ, किन यस्तो कुरा ग¥यौँ ? ए बाबा, कस्तो हो त्यो ? संसद्मा कुरा उठ्छ । के रहेछ भनेर मान्छेले सोध्न पनि नपाउने ? अनि जेण्डरलगायतका आदि कुराहरू उचालेर अनि गाली गलौचका भाषाहरू । साथीहरू थुप्रैले राखिसक्नु भयो । हामी एउटा बोलौँ ठिक छ । आलोचना गरौँ । तर भाषाको सीमा हुन्छ । हामी सभ्य नेपाली समाजका छानिएका सभ्य प्रतिनिधिहरू हौ । हाम्रा क्रियाकलापमा, बोली व्यवहारमा, समाजले एउटा नमुनाको रूपमा खोज्ला नि प्रतिबिम्ब । आफ्नो शिष्टताको, सभ्यताको, मर्यादाको प्रतिबिम्ब सांसदहरूबाट आयो भन्ने ठान्नुपर्ला नि । अभिव्यक्तिमा त्यो आयो भन्ने ठान्नुपर्ला । त्यसो भएर म अहिले त्यता धेरै नजाऊँ । ’

प्रधानमन्त्री ओलीले सांसदहरूका सामाजिक क्रियाकलापको प्रभाव समाजमा पर्ने भएकाले ख्याल गरेर अघि बढ्नुपर्ने बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.