१३० दिनमा ५६ पटक बैठक, ५ वटा विधेयक पारित

संक्रमणकालीन न्याय निरुपणका लागि आवश्यक कानुन निर्माण अधिवेशनको मुख्य उपलब्धि

काठमाडौँ- संसदको चौथो अधिवेशन आज राति १२ बजेबाट अन्त्य हुँदै छ । प्रतिनिधि सभाको चौथो अधिवेशन २०८१ साल वैशाख २८ गते मंगलबार प्रारम्भ भई आज २०८१ साल भदौ ३१ गते सोमबारसम्म जम्मा १३० दिन चालु रह्यो ।

जसमध्ये ५३ दिनहरुमा ५६ पटक बैठक बसी जम्मा २०६ घण्टा २५ मिनेट संसदीय काम कारवाहीमा भएका छन । साथै यस अवधिमा संघीय संसदको दुवै सदनको संयुक्त बैठक जम्मा दुईपटक बैठक बसी ३ घण्टा ५५ मिनेट समय व्यतित भयो । यस अधिवेशनबाट आर्थिक विधेयक सहित गरी ५ वटा विधेयक दुवै सदनबाट पारित भएका छन् । संक्रमणकालीन न्याय निरुपणका लागि आवश्यक कानुन निर्माण नै यस अधिवेशनको मुख्यम उपलब्धिको रुपमा रह्यो ।

सभाको यस अधिवेशनमा प्रतिनिधि सभामा ८ वटा सरकारी र एउटा गैर सरकारी विधेयक दर्ता भएको थियो जसमध्ये ५ वटा विधेयक संघीय संसदको दुवै सदनबाट पारित भएका छन् भने ३ वटा विधेयक समितिमा विचाराधीन रहेका छन् र “मानव शरीर जलन नियन्त्रण तथा सजाय विधेयक, २०८१” सम्बन्धी गैर सरकारी विधेयक दर्ता भएको छ ।

साथै सभाको पहिलो, दोस्रो र तेस्रो अधिवेशन मार्फत् प्राप्त सरकारी र गैरसरकारी जम्मा १३ वटा विधेयकहरु मध्ये ७ वटा विधेयकहरु सम्बन्धित समितिमा विचाराधीन रहेका छन्, ।  “बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक” संघीय संसदको दुवै सदनबाट पारित भएको छ भने “संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक” र “बैंकिङ्ग कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८०” सम्बन्धी समितिको प्रतिवेदन बैठकमा पेश भएको छ ।

त्यस्तै “राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८०” लाई सरकारले सभाको सहमतिमा फिर्ता लिएको छ, प्रतिस्थापन विधेयकको रुपमा दर्ता भएको “आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८०” समयमै पारित नभएको कारण र “औषधी तथा स्वास्थ्य सामग्री (नियमन तथा नियन्त्रण) विधेयक, २०८०” सम्बन्धी गैर सरकारी विधेयकका प्रस्तुतकर्ता सदस्य मन्त्री भएको कारण स्वतः निष्त्रृmय भएको छ ।

त्यसैगरी राष्ट्रिय सभामा उत्पत्ति भई प्रतिनिधि सभामा प्राप्त “सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१” सम्बन्धित समितिमा विचाराधीन रहेको छ । साथै अघिल्ला अधिवेशनमा राष्ट्रिय सभाबाट प्राप्त १० वटा विधेयकहरु मध्ये सार्वजनिक सेवा प्रसारण विधेयक  लगायत ४ वटा विधेयकहरु पारित गरी फिर्ता पठाइएको छ, “विधायन विधेयक” सम्बन्धी समितिको प्रतिवेदन सभामा पेश भएको छ भने ४ वटा विधेयक सम्बन्धित समितिमा विचाराधीन अवस्थामा रहेका छन् भने राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक सभामा प्रस्तुत मात्र भएको छ

यसै अधिवेशनमा “पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन, २०८०”, “शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको वार्षिक प्रतिवेदन, २०८१” र “उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको वार्षिक प्रतिवेदन, २०८१” तथा सभाको विभिन्न बैठकहरुमा “नेपाल सरकारको वार्षिक प्रतिवेदन, २०७९÷०८०“, “लोक सेवा आयोगको चौसट्ठीऔं वार्षिक प्रतिवेदन (२०७९ श्रावण–२०८० आषाढ)“, “अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तेत्तीसौं वार्षिक प्रतिवेदन, आ.व. २०७९÷०८०“, “राष्ट्रिय समावेशी आयोगको पाँचौं वार्षिक प्रतिवेदन, आ.व. २०७९÷०८०“, “थारु आयोगको पाँचौं वार्षिक प्रतिवेदन (२०७९ श्रावण–२०८० आषाढ)”, “आदिवासी जनजाति आयोगको चौथो वार्षिक प्रतिवेदन (२०७९–२०८०)”, “राष्ट्रिय मानव अधिकार आयोगको २३औँ वार्षिक प्रतिवेदन, आ.व. २०७९÷०८०” र “राष्ट्रिय सूचना आयोगको २३औँ वार्षिक प्रतिवेदन, आ.व. २०७९÷०८०” पेश भए ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.