कांग्रेसको केन्द्रीय पुस्तकालयलाई कर्मचारी युनियन रुपन्देहीको नगद सहयोग  

काठमाडौँ- नेपाल निजामती कर्मचारी युनियन, जिल्ला कार्यसमिति रूपन्देहीले नेपाली कांग्रेसको केन्द्रीय पुस्तकालयलाई नगद सहयोग गरेको छ।

केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा नेपाल निजामती कर्मचारी युनियन, जिल्ला कार्यसमिति रूपन्देहीका अध्यक्ष चक्रपाणि पाण्डे र सचिव बालकृष्ण कणेलले पुस्तकालयका लागि कांग्रेस महामन्त्री गगन कुमार थापालाई एक लाख एक रुपैयाँको चेक हस्तान्तरण गर्नु भएको हो ।

अवसरमा महामन्त्री गगन थापाले रचनात्मक काम गरेकोमा रुपन्देही युनियनको उच्च प्रशंसा गर्नुभयो ।

कार्यक्रममा  युनियनका केन्द्रीय सदस्य नवीन पन्थीले कर्मचारीले उठाउँदै आएका विषयलाई सम्बोधन गरी यथाशीघ्र संघीय निजामती सेवा ऐन जारी गर्ने सन्दर्भमा थप पहल गर्न कांग्रेस महामन्त्री गगन थापालाई आग्रह  गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.