लुम्बिनी प्रदेश सभाको चालु अधिवेसन अन्त्य

दाङ- लुम्बिनी प्रदेश सभाको चालू अधिवेशन सोमबार राती १२ बजे देखि लागू हुनेगरी अन्त्य भएको छ । प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले चालु अधिवेसन अन्त्य गर्नु भएको हो ।

लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले चालू अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुखलाई अनुरोध गर्ने निर्णय गरेको थियो ।

मुख्यमन्त्री चेतनारायण आचार्यले गर्नुभएको सिफारिसका आधारमा प्रदेश प्रमुख घर्तीमगरले संविधानको धारा १८३ को उपधारा २ बमोजिम चालु अधिवेसन अन्त्य गर्नु भएको प्रवक्ता धर्मा अर्याल बेल्वासेले जानकारी दिनुभयो ।

लुम्बिनी प्रदेशसभाको चालु अधिवेसनमा ३५ वटा बैठक बसेका छन् । यो अवधिमा प्रदेश सभाले स्थानिय सेवा विधेयक, विपद् व्यवस्थापन विधेयक, प्रदेश निजामती कर्मचारी संशोधन विधेयक र आर्थिक वर्ष २०८१\०८२ को वजेट खर्च गर्नका लागि बनेको विनियोजन विधेयक पारित गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.