पहिलो चिज उत्पादन केन्द्र क्यान्जिनमा चिज उत्पादन घट्दै

रसुवा- नेपालकै उच्च स्थानमा रहेको पहिलो चिज उत्पादन केन्द्र क्यान्जिनमा यस बर्ष पनि चीज उत्पादनमा कमी आएको केन्द्रले जनाएको छ ।

जलवायु परिर्वतनका कारण हिमालमा समेत खडेरी परेर खोला नालाहरूमा पानीको मात्रा घटनु, चौरी कृषक अन्यत्र व्यवसायमा लाग्नु तथा चौरी गोठको संख्या नै घट्न गएका कारण उत्पादनमा ठूलो कमी आएको चिज उत्पादन केन्द्र क्याङजिङका प्रमुख ग्याल्वो तामाङले बताउनुभयो ।

पछिल्लो समय पाँच हजार पाँच सय मिटरको उचाइमा रहेको यालाखर्कबाट पनि सहायक चीज उत्पादन केन्द्र स्थापना गरि लाङटाङ केन्द्रले चीज उत्पादन सुरु गरे पनि गत बर्ष भन्दा यस बर्ष उत्पादनमा कमी आएको तामाङले बताउनुभयो ।

प्रति किलो एक हजार आठ सय असी रुपैंयामा स्थानीय स्तरमै बिक्री हुने याक चीज तथा मखन पछिल्लो समय पूर्ण क्षमतामा उत्पादन गर्न नसकेको केन्द्रको भनाई छ ।

रसुवाको गोसाइँकुण्ड गाउँपालिका-४ स्थित क्यान्जिन, छेप्चे र लाङसिसा जस्ता सहायक केन्द्रमा निर्माण गरिएका चीज बिगतमा पर्यटकको आवागमन नहुँदा उत्पादित बस्तुहरु दुग्ध विकास संस्थानले काठमाण्डौ लैजाने गरेकोमा पर्यटकहरुको आवागमन बढेसँगै यस क्षेत्रमा उत्पदन भएको चीज तथा मखन लाङटाङ तथा क्यान्जिनमा रहेका होटलमा नै खपत हुने गरेको छ ।

रसुवामा दुग्ध विकास संस्थान अन्तर्गत पाँचवटा केन्द्र सञ्चालनमा छन् । जिल्लाको गोसाइँकुण्ड गाउँपालिकास्थित पाङ्लेखर्क, चन्दनबारी र लाङटाङ तथा आमाछोदिङ्मो गाउँपालिकाको गत्लाङ तथा सान्जेनमा चिज उत्पादन हुँदै आएको छ ।

पाँचवटा केन्द्रमा वार्षिक ३६ हजार केजी भन्दा बढी चिज उत्पादन गर्ने क्षमता रहेको छ । पर्यटकीय क्षेत्र लाङटाङको क्यान्जिनमा रहेको चिज उत्पादन केन्द्र २००९ सालमा स्थापना भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.