बजारको शौन्दर्यता बढाउन राखिएका सामाग्रीले निम्त्यायो दुर्घटना जोखिम

धादिङ –  धादिङको स्थित जिल्ला सदरमुकामको बजार क्षेत्रमा शौन्दर्यता बढाउन राखिएको बिजुली बत्ती र फूलदानीले अहिले बजारको शौन्दयता बढाउनुको साटो कुरूप देखाएको छ । यसो त सडक दायाँ बायाँ राखिएको सडक बत्तीसहितको फलामे स्ट्यान्डमा विद्युत् सर्ट भई विद्युत् प्रवाह हुँदा विद्युतीय दुर्घटनाको जोखिम समेत हुने गरेको छ । दुर्घटना नहोस् भन्दै तत्काल सोको व्यवस्थापन गरिइदिनको लागी धादिङको स्थानीयले नगर पालिकासँग आग्रह गरेको छ ।

नीलकण्ठ नगर पालिकाले बजारको सडक दायाँ बायाँ सडक बत्तीसहितको फुल दानी र फलामको स्ट्यान्ड राखेको हो । सोको संरक्षण र हेरविचार हुन नसक्दा सौन्दर्यताका लागी राखिएको बस्तुहरूले नै बजार कुरूप बनाएको हो ।

यसरी राखिएका सौन्दर्य सामग्रहिरुको संरक्षण र हेर विचार टोलले गर्ने वा नगर पालिकाले कसले गर्ने भन्ने विवादका कारण पनि लथालिङ्ग अवस्था भएको हो । यसले एका तीर नगर पालिकाको लाखौँ रकम त्यतिकै खेर गएको छ भने अर्को तिर बजारको सडक किनारामा राखिएको फुल दानी सहितको स्ट्यान्डले सवारी दुर्घटना समेत हुने गरेको छ ।

यसरी राखिएको फूलदानी सहितको स्ट्याण्डमा भएको गमला सबै जसो फुटेर गएको छ भने स्ट्यान्डमा राखिएको सडक बत्ती समेत लथालिङ्ग अवस्थामा रहेको छ । फलामको स्ट्यान्डमा राखिएको सडक बत्तिको विद्युत् प्रवाह पोल हुँदा विद्युतीय दुर्घटनाको जोखिम समेत उत्तिकै बढेको छ । यसो त यसले सवारी दुर्घटान समेत बढाएको भन्दै सोको व्यवस्थापनका लागी स्थानीयले नीलकण्ठ नगर पालिकासँग आग्रह गरेका छन् ।

नगर पालिकाले २५ लाख भन्दा धेरै रकम खर्चे र नगर क्षेत्रमा पर्ने बजारमा गमला र गमला राख्ने फलामको स्ट्यान्ड राखेको हो । यसरी राखिएको स्ट्याण्ड केही भाँचिएको छ भने गमला सबै फुटेर बजार झनै कुरूप देखिएको स्थानीयको भनाई छ । यसो त जथाभाबी तानिए इन्टरनेट र टेलिफोन लगायत बिजुलीका तारहरूले त बजार झनै कुरूप बनाएको छ ।

नगर पालिकाले पटक पटक यसको व्यवस्थापन गर्ने भन्दै आएको भए पनि नगर्दा हरेक वर्ष यस्ता तारहरू थपिने क्रम समेत बढेको छ । यसले पनि विद्युतीय दुर्घटनाको जोखिम बढाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.