एमसिसी परियोजना अन्तर्गत पश्चिम नवलपरासीमा जग्गाको मुआब्जा वितरण सुरु हुँदै

पश्चिम नवलपरासी – अमेरिकी सहयोग नियोग मिले नियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) कम्प्याक्ट अन्तर्गत बन्ने प्रसारण लाइनका लागी पश्चिम नवलपरासीमा जग्गाको मुआब्जाको टुङ्गो लागेपछि यसै महिना देखि मुआब्जा वितरण सुरु हुने भएको छ ।

मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति ( एमसिए –नेपाल) अन्तर्गत बन्ने प्रशारणलाईनका लागी आवश्यक जग्गाको मुआब्जा वितरण सुरु गर्ने तयारी भइरहेको एमसिए नेपालले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको मुआब्जा निर्धारण समितिले जग्गाको मुआब्जा मुल्याकंन गरी टुङ्गो लगाएर सूचना समेत प्रकाशित गरिसकेको छ । उक्त सूचनाउपर दाबी विरोध नआएकाले अब मुआब्जा वितरणका लागी प्रक्रिया सुरु भएको प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले जानकारी दिनुभयो । नवलपरासीमा टावर रहेन स्थानका लागी दिइने मुआब्जा जग्गाको अवस्था हेरिकन प्रतिकट्ठा ९ लाख १४ हजार देखि ७३ लाख ६७ हजार सम्म रहेको छ । साना ठुला दुई प्रकारका टावर निर्माणका लागी १ कट्ठा ८ धुर देखि २ कट्ठा सम्म जग्गा आवश्यक पर्दछ । सोही अनुरूप झन्डै १३ करोड बराबर मुआब्जा वितरण हुने जनाइएको छ ।

लप्सीफेदिबाट सुरु हुने प्रशारणलाईन ३ सय १५ किलोमिटर लामो प्रसारण लाइन अन्तर्गत नवलपरासीमा बर्दघाट वडा नम्बर २ को जङ्गल क्षेत्र हुँदै सुनवल ११ बाट रामग्राम हुँदै पाल्हीनन्दनबाट भारत तर्फ जोडिने प्रसारण लाइन ३३ किलोमिटर लामो हुने जनाइएको छ । नवलपरासीमा कुल १ सय २ वटा टावर निर्माण हुने छ । जसमध्ये सुनवल सुर्यबस्तीमा रहेको सवस्टेशन देखि पाल्हीनन्दन सम्म कुल १८ दशमलव २ किलोमिटरमा बन्ने ५४ वटा टावरको मात्र मुआब्जा वितरण हुने छ । यस क्षेत्रमा मुआब्जाको विषय टुङ्गो लागिसकेकाले मुआब्जा वितरण गरेर प्रसारण लाइन निर्माणको काम सुरु गर्ने एमसिए नेपालले जनाएको छ ।

त्यसमध्ये सुनवल र रामग्रामका चार वटा टावरको मुआब्जा विवादका कारण टुङ्गो लाग्न बाँकी छ । बाँकी टावर सार्वजनिक जग्गा तथा वन क्षेत्रमा परेको छ । टावर निर्माणका क्रममा ५ वटा घर गोठ परेको छ भने विभिन्न रुख बिरुवा अन्नबाली लगायतको पनि क्षतिपूर्ति दिइने छ । जसको मुल्याकंन भइसकेको छ । मुआब्जा वितरणका लागी एमसिए नेपालले सबैको बैङ्क खाता खोल्ने कार्य पनि पुरा भइसकेकाले आगामी महिनाको दोस्रो हप्ता बाट वितरण सुरु गर्ने तयारी गरेको छ ।

अहिले टावर बनाउने स्थानको मात्र जग्गाको मुआब्जा वितरणको प्रक्रिया थालिएको छ । तार विस्तार भएपछि तारमुनि पर्ने जमिनको पनि क्षतिपूर्ति दिइने छ जनाइएको छ । साथै एमसिए नेपालले प्रसारण लाइन प्रभावित क्षेत्रका स्थानीयलाई जिवनउपयोगि सिप सिकाउने, सम्बन्धित वार्डमा विद्युतीय सामाग्री निःशुल्क उपलब्ध गराउने, सम्बन्धित नगरपालिकाको सूचना प्रविधिको क्षेत्रमा सहयोग पुर्‍याउने लगायतका काम पनि गर्ने छ ।

एमसीसी अन्तरगत ८५६ वटा टावरसहित ४ सय केभी प्रसारण लाइन बनाउनुपर्छ । प्रसारण लाइनका लागि १० जिल्लामा करिब १०४ हेक्टर जग्गा अधिग्रहण गर्नुपर्छ ।  ५ वर्षभित्र सक्ने गरी गत १३ भदौदेखि दिन गन्ती सुरु भएको एमसीसी परियोजनाको समग्र प्रगति भने अपेक्षित छैन । अन्य क्षेत्रमा ढिलाइ हुने भएपछि अन्तर्देशीय प्रसार लाइन न्यूबुटवल –गोरखपुर खण्डको पश्चिम नवलपरासीमा पर्ने क्षेत्रमा टावर निर्माणको काम पहिले गर्न लागिएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.