कृषि क्षेत्रका समस्या छिटै समाधान गर्छौंः कृषि मन्त्री अधिकारी

काठमाडौँ – कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीले किसान र कृषि मन्त्रालयबीचको दूरी कम गर्ने गरी काम गरिरहेको बताउनुभएको छ ।
मङ्गलवार काठमाडौँमा बल्खु कृषि तथा तरकारी बजारको १३ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले यस्तो बताउनुभएको हो । कृषि मन्त्री अधिकारीले कृषि क्षेत्र र किसानका बिचमा धेरै समस्या रहेको भए पनि किसान र मन्त्रालयबिच समन्वय नहुँदा समस्या समाधान हुन नसकेको बताउनु भयो । उहाँले किसान र मन्त्रालयबिच समन्वय र सम्पर्क नजिक बनाउने गरी मन्त्रालयले काम गरिरहेको बताउनु भयो । उहाँले किसानका समस्या सिधै मन्त्रालयसँग जोडिनु पर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो ।
उहाँले कृषिमा धेरै किसिमका समस्याहरू रहेको तर किसान र मन्त्रालय तथा कृषि मन्त्रालय अन्तर्गतका निकायहरूबिच भेटघाट हुने नगरेको स्वीकार गर्नुभयो । उहाँले देशभरका किसानको लागि कृषि मन्त्रालय रहेको भन्दै सरकार सच्चा किसानको बिचमा पुग्न सक्नुपर्ने बताउनु भयो । उहाँले मुलुकमा जीविकोपार्जन, बिहान बेलुका दुई छाक टार्ने र ठुलो परिणाम व्यावसायिक उत्पादन गर्ने किसान गरी तीन प्रकारका किसानहरू रहेको बताउनु भयो । उहाँले किसान र मन्त्रालयबीचको दूरी नजिक बनाउनुपर्ने आवश्यकता देखिएको बताउनु भयो ।
उहाँले भन्नुभयो,‘कृषिमा धेरै किसिमका समस्याहरू छन् । तर किसान र मन्त्रालय तथा कृषि मन्त्रालय अन्तर्गतका निकायहरूबिच भेटघाट छैन । कृषिका कर्मचारीहरू कस्ता छन् ग्रामीण क्षेत्रका किसानहरूले देखेका पनि छैनन् । देशभरका किसानहरूको लागि कृषि मन्त्रालय हो तर सरकार सच्चा किसानहरूको बिचमा पुगेर सल्लाह दिन सकेका छैनौँ । मुलुकमा तीन प्रकारका किसानहरू रहेका छन् । जीविकोपार्जनको लागि अर्को बिहान बेलुका दुई छाक टार्ने र अर्को खालका ठुलो परिणाममा काम गरेर व्यवसायीक किसानहरू छन् । तर किसानको लागि सबैठाँउबाट सहयोग गरौँ । किसान र मन्त्रालयबीचको दुरी नजिक बनाउनुपर्ने आवश्यकता देखिएको छ । हामीले उत्पादनमा जोड दिएनौँ र समयमा मल बिउको व्यवस्थापन गर्न सकेनौँ भने आयात मात्रै गर्नुपर्ने हुन्छ । त्यसको लागि कृषि मन्त्रालय सहयोग गर्न तयार छ ।’
उहाँले सरकारले उत्पादनमा जोड दिन नसके र समयमा मल बीउको व्यवस्थापन गर्न नसके भने आयातमा निर्भर बन्नुपर्ने अवस्था आउने बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.