एमालेले लगायो लुम्बिनी प्रदेशमा आफ्ना सांसदलाई आचारसंहिता

दाङ- नेकपा एमाले लुम्बिनी प्रदेश सभा संसदीय दलले प्रदेश सभा सदस्यहरुलाई आचारसंहिता लागु गरेको छ । एमाले प्रदेश सभा संसदीय दलको राप्ती उपत्यका देउखुरीमा बसेको बैठकले प्रदेश सभा सदस्यहरुलाई आचारसंहिता लागु गर्ने निर्णय गरेको हो ।

संसदीय दलको कार्य प्रणालीलाई अनुशासित र व्यवस्थित गर्न आचारसंहिता जारी गरेको दलका उपनेता भोजप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । एमाले संसदीय दलका नेता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको बैठकले आचारसंहिता लागु गर्ने निर्णय गरेको हो ।

सस्तो लोकप्रियता आर्जन गर्ने कार्यमा लाग्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने, अनाधिकृत आर्थिक प्रलोभन तथा भ्रष्टाचारजस्ता क्रियाकलापबाट मुक्त हुने कुरा आचारसंहितामा प्रमुखताका साथ समावेश गरिएको छ ।

सबै तहका जनप्रतिनिधिको क्षेत्रगत कामसँग बाझिने खालका कुनै पनि उपभोक्ता समिति, सरकारी तथा गैरसरकारी र वित्तीय संस्थाका मुख्य कार्यकारी पदमा रही भूमिका निर्वाह गर्न नपाइने, जिम्मेवारीमा भएको भए अलग हुन आचारसंहिताले निर्देशित गरेको छ ।

लैंगिक विभेद तथा अशिष्ट अभिव्यक्तिजस्ता दुव्र्यवहार गर्न नपाइने, नैतिक आचरण, असल शासनका हरेक पक्षमा जिम्मेवार, पारदर्शी र कुशल जनप्रतिनिधिको रुपमा स्थापित हुनुपर्ने, उच्छृङ्खल र अराजक गतिविधि एवं सामाजिक सञ्जालमा पार्टी नीतिविपरीत क्रियाकलाप गर्न नहुने उल्लेख छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.