इन्द्रसरोवर तालमा सशस्त्र प्रहरीको विपद् उद्धार कृतिम अभ्यास

मकवानपुर- विपदमा खटिने सशस्त्र प्रहरीको क्षमता अभिवृद्धिका लागि मकवानपुरको इन्द्रसरोवर तालमा विपद् उद्धारको कृतिम अभ्यास गरिएको छ ।

सशस्त्र प्रहरी बल १४ नम्बर गण हेडक्वार्टर मकवानपुरको आयोजनामा विपद् व्यवस्थापन वेशमा कार्यरत तालिम प्राप्त सशस्त्र प्रहरीद्धारा विपद् उद्धारको अभ्यास गरिएको हो ।

कुनैपनि विपद्का घटनामा छिटोभन्दा छिटो कसरी उद्धार गर्न सकिन्छ भन्ने उद्देश्यले अभ्यास प्रदर्शनी गरिएको शसस्त्र प्रहरी बल १४ नम्बर हेडक्वार्टर मकवानपुरका प्रमुख ज्ञानप्रसाद भुर्तेलले बताउनुभयो ।

इन्द्रसरोवर गाउँपालिका-२ मार्खुको झोलुङ्गे पुलबाट अचानक चिप्लीएर कुलेखानीको इन्द्रसरोवर तालमा खसेको र इन्द्रसरोवर तालमै डुङ्गा दुर्घटना भएको कृत्रिम अभ्यास गराई उद्धार प्रक्रियाका बारेमा जानकारी गराइएको थियो ।

अभ्यासका क्रममा विपद् व्यवस्थापन तथा वाटर रेस्क्यू तालिम प्राप्त १५ जना सशस्त्र प्रहरीको टोलीले डुबेको व्यक्तिको उद्धार गरेर प्राथमिक उपचार पश्चात् थप उपचारका लागि स्वास्थ्यसंस्था पठाइएको दृश्य देखाइएको थियो ।

स्थानीय स्तमै सहज उपलब्ध हुने डोरी र लामो लठ्ठी वा बाँसको सहायताले पानीमा डुबेका व्यक्तिको उद्धार गर्ने विधिको प्रयोग गर्दै नमुना अभ्यास गरिएको विपद् व्यवस्थापन वेशका सशस्त्र प्रहरी निरीक्षक गणेश खड्काले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.