बिपी राजमार्गमा चालकको निःशुल्क स्वास्थ्य परीक्षण

 काभ्रे  –सवारी दुर्घटना न्यूनीकरण गर्न बिपी राजमार्गमा सवारी चालकको निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ ।

बुधवार, रेयुकाई ए इको मासुनाँगा अस्पताल र बनेपा हेल्थ केयरको प्राविधिक सहयोगमा जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले बिपी राजमार्गमा बढ्दो दुर्घटना न्यूनीकरणका लागि धुलिखेल स्थित काभ्रेभन्ज्याङमा  साना तथा ठुला सवारीसाधन चालकको स्वास्थ्य परीक्षण सडकमै गरेका छन् ।

अस्वास्थ्य चालकका कारण हुने दुर्घटना न्यूनीकरणका लागि यस्तो अभियान सुरु गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी निरीक्षक विकास तामाङले बताउनुभयो ।

पछिल्लो समय चालकको उच्च र न्यून रक्तचाप र आँखाको देख्न सक्ने क्षमता कम भएका कारण सवारी र्दूघटना बढेको पाइएपछि यात्रुबस र अन्य सवारीका साधनका चालकलाई सडकमै रोकेर स्वास्थ्य परीक्षण गरिएको काभ्रे ट्राफिक प्रमुख प्रहरी निरीक्षक विकास तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार, १ सय ९१ चालकको अकस्मात् स्वास्थ्य परीक्षण गर्दा ४६ जनामा उच्च रक्तचापको समस्या पाइएको र ६ जनामा मधुमेह १० जनामा आँखाको समस्या देखिएको जानकारी दिनुभयो । उहाँका अनुसार, उनीहरू सबैलाई थप स्वास्थ्य परीक्षण गर्न र औषधी सेवन गर्न सुझाव दिइएको छ

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.