ट्याक्टर दुर्घटनामा सङ्खुवासभामा २ को मृत्यु

खाँदवारि (सङ्खुवासभा) –  सङ्खुवासभाको मकालु गाउँपालिका ३ समाटारमा ट्याक्टर दुर्घटना हुँदा बुधवार २ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

खाँदवारि किमाथांका सडक खण्डको वरुणबाट खाँदवारि आउने क्रममा ट्याक्टर भीरबाट खसेको थियो ।

खाँदवारि नगरपालिका ८ विश्नेधाराका चालक किरण श्रेष्ठ र सहचालक उदित श्रेष्ठको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरीका प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताउनुभयो ।

उहाँका अनुसार ट्याक्टर भीरबाट करिब ३ सय मिटर तल खसेको छ । ट्याक्टर अरुण नदीले बगाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.