उद्योग चल्ने वातावरण बनाउन प्रदेश सरकार तयार छ : मुख्यमन्त्री लामा

हेटौडा-   बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले देशको अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको उद्योग धन्दा र कलकारखाना चल्ने वातावरण बनाउन आफू सदैव तयार रहेको बताउनु भएको छ।
आज बागमती प्रदेश उद्योग परिसंघको तेस्रो साधारण सभाको उद्घाटन गर्दै उहाँले उद्योगको अधिकार सङ्घीय सरकारसंग भएपनि उद्योग मैत्री वातावरण बनाउन र बागमती प्रदेशमा लगानी भित्र्याउन तयार रहेको बताउनु भएको हो। उद्योगी व्यवसायीहरूले अहिले पनि धेरैतिर बाट दुख झेल्न परेको बताउँदै उहाँले अब त्यस्तो हुन् नदिने बताउनुभयो।
 बागमती प्रदेशका  उद्योग ,बाणिज्य प्रशासन तथा  भूमि मन्त्री सुकुमाया तामाङ्गले स्वदेशी उत्पादनहरुको प्रयोगमा सरकार र नागरिकले नै जोड दिनुपर्ने बताउनुभयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.