रविको ठोकुवा: शेरबहादुर देउवा रिसाएको एक सेकेन्डमै सरकार ढल्छ

काठमाडौै – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वर्तमान शेरबहादुर देउवा रिसाएको एक सेकेन्डमै सरकार ढल्ने ठोकुवा गर्नुभएको छ ।

.
बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टीले आयोजना गरेको संविधान बारे छलफलमा बोल्दै सभापति लामिछानेले यस्तो बताउनुभएको हो । उहाँले वर्तमान संसद्मा सरकार बनाउनको लागि एक वा दुई भन्दा बढी पार्टीहरू मिल्नुको विकल्प नभएको बताउनु भयो । उहाँले अहिलेको सरकार दुई तिहाइको भनिए पनि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा रिसाएको एक सेकेन्डमा ढल्ने अवस्था रहेको बताउनु भयो । उहाँले संविधानले व्यवस्था गरेको शासकीय स्वरूपमा नै अस्थिरता रहेको बताउनु भयो । सभापति लामिछानेले रास्वपाले शासकीय स्वरूपमा निर्वाचित प्रधानमन्त्री बनाएर विधायीकी सांसद बनाउनुपर्ने बताएको उल्लेख गर्नुभयो । उहाँले प्रत्यक्ष प्रधानमन्त्रीले विज्ञताका आधारमा मन्त्रीमण्डल बनाउन पाउने शासकीय स्वरूप बनाउनु अहिलेको आवश्यकता भएको उल्लेख गर्नुभयो । उहाँले दुई तिहाइको सरकार भएको बेला जनताको आत्मबल बढ्नुपर्ने पनि त्यस्तो नदेखिएको बताउनु भयो । उहाँले दुई तिहाइको सरकारका प्रधानमन्त्री र मन्त्रीहरूमा आत्मविश्वास नदेखिएको बताउनु भयो । उहाँले सरकारको आत्मबल नहुँदा टिसर्ट लगाएको,बोलेको आधारमा समाउने काम गरेर बसेको बताउनु भयो । उहाँले दुई तिहाइको सरकार उपसभामुखलाई हटाउने लगायतका चलखेलमा लाग्नु जायज नभएको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘संविधानमा शासकीय सुधारमा हामीले प्रत्यक्ष प्रधानमन्त्रीको विषयमा हामीले बत्तायौँ । प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुनुपर्छ । प्रधानमन्त्रीले विज्ञताका आधारमा विषय विज्ञलाई मन्त्रीमण्डल राख्न पाउने भनेका छौँ । हामीले सांसदहरू नीति निर्माता र विधायकीहरु मात्रै बन्न सकुन् । संसद्मा अहिले शेरबहादुर देउवा रिसाइएको एक सेकेन्डपछि सरकार ढल्यो । अस्थिरता छ । अहिले दुई तिहाइको सरकार सबैभन्दा अस्थिर छ । एउटा पार्टीले अर्को दलको नेतासँग समन्वय नगरी सरकार चलाउन सम्भव छैन । मैले कस्तो हेडलाइन बन्छ भनेर भनेको होइन । तर हो की होइन भन्नुस् त ? दुई तिहाइको सरकार भएको बेला जनताको आत्मबल बढ्नुपर्ने हो । प्रधानमन्त्रीमा त्यो आत्मविश्वास आउनुपर्ने थियो । मन्त्रीहरूमा पनि त्यो खालको आत्मविश्वास हुनुपर्ने थियो । तर टिसर्ट लगाएको मान्छे समाएको छ । कराएको मान्छे समाएको छ । त्यो चलखेल गर्ने उपसभामुखलाई हटाउने लगायतका काम गर्नुहुँदैन । यो दुई तिहाइको सरकार त्यतातिर छ । कुनै प्राथमिकता छैन । तर भनिएको छ । संविधान संशोधन गर्छु । संविधान संशोधन गर्छु भन्ने नाममा आफ्नो राजनीतिक इन्टेष्टको सौदावाजी गर्न पाइँदैन । संविधानलाई सौदाबाजी गर्नु राम्रो भएन । सुन्दा सुन्दर सुनिन्छ । संविधान संशोधन गरेर केही गर्न खोज्यो तर  त्यस्तो हुन गएको देखिएको छैन ।’

उहाँले दुई तिहाइको सरकारको कुनै प्राथमिकता नभएको बताउनु भयो । उहाँले वर्तमान सरकारले संविधान संशोधन गर्ने भन्ने नाममा आफ्नो राजनीतिक स्वार्थको सौदाबाजी गर्न खोजेको भन्दै संविधानलाई सौदाबाजी गर्नु राम्रो नभएको बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.