भारतको दिल्लीस्थित दक्षिण एसियाली विश्वविद्यालयमा मनाइयो नेपाली संविधान दिवस

नयाँ दिल्ली – भारतको दिल्लीस्थित दक्षिण एसियाली विश्वविद्यालयमा विविध कार्यक्रम गरी नेपाली संविधान दिवस मनाइएको छ ।

सार्क देशका विद्यार्थीहरू अध्ययनरत दक्षिण एसियाली विश्वविद्यालयमा यस वर्षदेखि औपचारिक कार्यक्रम गरी दिवस मनाउन सुरु गरिएको हो । कार्यक्रममा दिल्लीस्थित नेपाली राजदूतावासका नियोग उपप्रमुख डा. सुरेन्द्र थापा, विश्वविद्यालयका अध्यक्ष डा केके अग्रवालको उपस्थिति रहेको थियो ।

नेपालको झन्डा फहराएपछि औपचारिक रूपमा सुरु भएको कार्यक्रममा विश्वविद्यालयका प्राध्यापक डा. युवराज पोख्रेलले देशमा लागू भएको संविधानको संक्षिप्त परिचय दिनुभएको थियो ।

समारोहमा नियोग उपप्रमुख डा सुरेन्द्र कार्कीले विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थी, प्राध्यापक एवं गैर शिक्षण स्टाफहरूलाई नेपाली राष्ट्रिय दिवसको शुभकामना दिँदै विश्वविद्यालयमा यस वर्ष देखी नेपालको राष्ट्रिय दिवस एवं संविधान  दिवस मनाउन सुरु गरेकोमा विश्वविद्यालयलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

त्यसै गरी विश्वविद्यालयका अध्यक्ष डा केके अग्रवालले विश्वविद्यालयले यसरी कुनै देशको राष्ट्रिय दिवस मनाउने दक्षिण एसियाली विश्वविद्यालय पहिलो भएको र आफूले नेपाली विद्यार्थीको सिफारिस आएपछि विश्वविद्यालय स्तरमा दिवस मनाउने घोषणा गरेको बताउनु भयो । समारोहमा नेपाल बाहेक भारत, भुटान र बङ्गलादेशका विद्यार्थीले आफ्नो देशको सांस्कृतिक प्रस्तुति दिएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.