थापाद्वारा लिखित ‘अमेरिकाको सङ्क्षिप्त इतिहास र संविधान’ पुस्तक लोकार्पण

काठमाडौँ – लेखक कार्ल विक्रम थापाद्वारा लिखित पुस्तक ‘अमेरिकाको सङ्क्षिप्त इतिहास र संविधान’ लोकार्पण भएको छ ।

बिहीबार काठमाडौँस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित एक कार्यक्रमका बिच लेखक थापाद्वारा लिखित पुस्तक ‘अमेरिकाको सङ्क्षिप्त इतिहास र संविधान’ लोकार्पण भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सभाका सदस्य वामदेव गौतम, नेपाली काँग्रेसका सांसद तथा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा र पूर्व मन्त्री तथा नेकपा(माओवादी केन्द्र)कि केन्द्रीय सदस्य कल्पना धमला लगायतले सो पुस्तक सामूहिक रूपमा लोकार्पण गर्नुभएको थियो ।

पुस्तकका सन्दर्भमा अमेरिकाका लागि नेपालका पूर्व राजदूत तथा हाल भारतका लागि नेपाली राजदूत शङ्कर शर्मा र त्रिभुवन विश्वविद्यालयका पूर्व प्राध्यापक प्रा.डा. सुरेन्द्र केसीले टिप्पणी गर्नुभएको थियो । पुस्तकमा अमेरिकी झन्डाको इतिहास, अमेरिकी राष्ट्रिय गान, अमेरिकाको सङ्क्षिप्त इतिहास र अमेरिकामा रहेका जनजातिहरूको बारेमा उल्लेख गरिएको छ । त्यसै गरी ब्रिटिस शासन तथा औपनिवेशिक काल, स्वतन्त्रता प्राप्ति, संविधान निर्माण र राष्ट्रिय सरकारको स्थापना, दास प्रथा र स्वतन्त्रता भूमि आन्दोलनको विषयमा पनि लेखिएको छ । पुस्तकमा अमेरिका अन्तर्राष्ट्रिय युद्ध र विकास, दोस्रो विश्वयुद्ध र त्यसपछिको अमेरिका र अमेरिकाका विभिन्न युद्धहरू लगायतका विभिन्न विषयहरूलाई समेटिएको छ । त्यसका साथै अमेरिकाको संविधानका सबै पक्षहरूलाई पुस्तकमा उतारिएको छ ।

लोकार्पण समारोहमा बोल्दै अतिथि वक्ताहरूले अमेरिकाजस्तो विकसित मुलुकको संविधान बारे जान्न बुझ्न चाहानेहरुका लागि सो पुस्तक उपयोगी हुने बताउनुभयो । लोकार्पण समारोहमा बोल्दै लेखक थापाले आफ्नो पुस्तकले अमेरिकाको संविधानको बारेमा नेपाली भाषामा बुझाउने र त्यसका विभिन्न पाटा र पक्षहरूका बारेमा जानकारी गराउन मद्दत गर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.